
चितवनको भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालमा एक जना विरामीको मृत्यु भएको छ। कोरोना भाइरस (कोभिड–१९)को संक्रमण भएको आशंकामा अस्पतालको आइसोलेसनमा उपचार गराइरहेका वीरगंज घर भएका ३० वर्षीय सन्तोष यादवको मृत्यु भएको अस्पतालले जनाएको छ ।
विरामीलाई पहिलेदेखी नै लुपस भन्ने रोग रहेको थियो। उक्त रोगका कारण मृगौला कमजोर भएको र आइतबार ज्वरो र निमोनियाको लक्षण देखिएपछि चितवन मेडिकल कलेजले कोरोना भाइरसको आशंकामा कोरोना विशेष (अस्थायी) अस्पतालमा रिफर गरेको थियो।
अस्पतालका प्रवक्ता डा. भोजराज अधिकारीले मंगलबार बिहान ९ बजेर ३० मिनेटमा बिरामीको मृत्यु भएको जानकारी गराएका छन्।। सोमबार दिउँसोबाट बिरामीलाई श्वासप्रश्वासको समस्या अत्याधिक बढेपछि सघन उपचार कक्ष (आइसियु)मा राखेर उपचार गरिएको थियो।
कोरोना भाइरसको लक्षण मिलेपछि बिरामीको स्वाब परिक्षणको लागि सोमबार काठमाडौँ पठाइएको तर रिर्पोट अझै आइसकेको छैन। कोभिड–१९ को परिक्षणको रिपोर्ट नआउदासम्म शव अस्पतालमै राखिने पनि अस्पतालले जनाएको छ।

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल
फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र