March 17, 2020

अधिकारसम्पन्न भूमिसम्बन्धी समस्या समाधान आयोग गठन गरिने

काठमाडौँ / भूमिव्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले प्रविधिको प्रयोग गरेर पटके सुकुम्बासीको समस्या समाधान गर्न थालिएको बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा समय माग गरेर उहाँले भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीका समस्या तथा भूमिसम्बन्धी अन्य विविध समस्या सधैँका लागि निराकरण गर्ने गरी अधिकारसम्पन्न भूमिसम्बन्धी समस्या समाधान आयोग गठन गर्ने तयारी भइरहेको बताउनुभयो ।

मन्त्री अर्यालले भन्नुभयो,“हामीले पहिलोपटक भूउपयोग नीति बनाएका छौँ । पहिलोपटक भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने कानून बनाएका छौँ । भूमिहीन, सुकुम्बासी, अव्यवस्थित बसोबासीलगायत वर्षौदेखि बाँकी रहेका भूमिसम्बन्धी अन्य समस्या सधैँका लागि समाधान गर्न आयोग गठन गर्ने र सो कार्य सञ्चालन गर्न आयोगको गठन आदेशको मस्यौदा तयार भएर मन्त्रिपरिषद्मा पेश भई स्वीकृत हुने क्रममा छ ।”

सुकुम्बासीका समस्या समाधान गर्न मुलुकभर भूमि नभएकालाई प्राथमिकता दिएर सम्बोधन गरिने बताउँदै उहाँले त्यसपछि अव्यवस्थित बसोबासको व्यवस्थापन गरिने जानकारी दिनुभयो । बैठकमा सांसदले राखेका जिज्ञासाका सम्बन्धमा मन्त्री अर्यालले सरकार अब सङ्कल्पसहित सार्वजनिक सम्पत्तिको संरक्षणमा लागेको र यसमा सबैको सहयोग आवश्यकता रहेको अपेक्षा गर्नुभयो । उहाँले अतिक्रमणमा परेका सार्वजनिक जग्गा फिर्ता ल्याउन र संरक्षण गर्न जाँचबुझ आयोग गठन गरिएको पनि अवगत गराउनुभयो ।

मन्त्रालयबाट अध्ययन गरेर सीधै मालपोत कार्यालयमार्फत पनि अतिक्रमण भएका जग्गाको दर्ता बदर गर्ने गरिएको उहाँले बताउनुभयो । हालसम्म तराईमा २८४ बिघा र पहाडमा ९६ रोपनी जग्गा दर्ता बदर गरिएको जानकारी गराउँदै मन्त्री अर्यालले भन्नुभयो,“कब्जा गरिएका सरकारी जग्गाका सम्बन्धमा आयोग र मन्त्रालयमा सीधै उजूरी दिने व्यवस्था गरेका छौँ ।” नदी किनारका जोखिमका बस्तीको अर्काे स्थानमा फरक ढङ्गले व्यवस्थापन गरिने बताउँदै उहाँले २०१६ सालमै बिर्ता उन्मूलन भए पनि यससँग जोडिएको जग्गाको समस्या विकराल रहेको उल्लेख गर्नुभयो । त्यस्ता किसानको समस्याको समाधान गरिने उहाँले बताउनुभयो । मन्त्री अर्यालले प्रविधिको प्रयोग गरेर मालपोत कार्यालयलाई आधुनिकीकरण र जनताका लागि सहज बनाइएकोसमेत जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

युद्ध अन्त्यका लागि इरानका तीन शर्त

तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष: प्रतिनिधिसभा निर्वाचनका सबै तयारी पूरा

काठमाडौं, फागुन २० — राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढंगबाट सम्पन्न

ओलीको अपिल: राष्ट्रको पक्षमा स्पष्ट निर्णय लिन मतदातालाई आग्रह

काठमाडौं, फागुन १७ — केपी शर्मा ओलीले मतदातालाई देशको पक्षमा स्पष्ट निर्णय लिन आग्रह गरेका

सबै जिम्मेवार नबने भदौ २४ जस्तो घटना दोहोरिन सक्छ : प्रचण्ड

१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन

आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका छ: केपी शर्मा ओली

विराटनगर, फागुन १५ । केपी शर्मा ओलीले आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका व्यक्त गरेका