बायोटेक्नोलोजी कम्पनी मोडेर्ना थेराप्युटिक्स र नेसनल इन्स्टिच्युट अफ हेल्थले संयुक्त रूपमा उत्पादन गरेको खोपको सोमबार परीक्षण (क्लिनिकल ट्रायल) सुरु गर्न लागिएको अमेरिकी स्वास्थ्य अधिकारीले जानकारी दिएका छन्।
उनीहरूका अनुसार स्वस्फूर्त रूपमा तयार भएका व्यक्तिलाई यो खोप दिइनेछ। यो परीक्षण खोप लिन ४५ जना स्वतःस्फूर्त रूपमा तयार भइसकेका छन्।
समाचार संस्था एपीका अनुसार अमेरिकाको नेसनल इन्स्टिच्युट अफ हेल्थले कोरोना भाइरसविरुद्ध खोप परीक्षणको व्यवस्था मिलाएको छ।
एमआरएनए-१२७३ नाम दिइएको खोपको परीक्षण सियाटलस्थित वासिङ्गटन हेल्थ रिसर्च इन्स्टिच्युटमा गरिने समाचारमा जनाइएको छ।
अमेरिकी स्वास्थ्य अधिकारीका अनुसार खोपको ‘साइड इफेक्ट’ कस्तो हुन्छ भन्ने थाहा पाउन परीक्षण गर्न लागिएको हो।
यस खोपले भाइरसको संक्रमणबाट जोगाउने वा रोगविरुद्ध लड्ने क्षमता बढाउने अनुसन्धानकर्ताले दाबी गरेका छन्।
मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी
मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री
१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।
काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार
काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि
२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि