
फागुन ३०, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली डिस्चार्ज भएका छन् । मिर्गौलाको सफल प्रत्यारोपणपछि प्रधानमन्त्री भर्खरै त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज भएका हुन् ।
प्रधानमन्त्री ओलीलाई अस्पतालबाट चिकित्सकहरुले समाएर गाडीसम्म ल्याउँदा उनले गाडी चढ्नुअघि शिक्षण अस्पतालमा भेला भएका शुभेच्छुकहरुलाई हाँसेर हात हल्लाएका थिए ।
गत फागुन २१ गते त्रिवि शिक्षण अस्पतालमै दोस्रो मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री त्यसको १० दिनमा बालुवाटार फर्किएका हुन् । बालुवाटार फर्किए पनि प्रधानमन्त्री चिकित्सकको प्रत्यक्ष निगरानीमा हुनेछन् । एक महिनासम्म नियमित रुपमा युरिन लगायतको टेस्ट गरिरहनुपर्ने चिकित्सकहरुले बताएका छन् ।
उनलाई नियमित भेटघाट र बाहिर हिँडडुल गर्न समय लाग्ने छ । उपचारमा संलग्न प्रा. डा. उत्तम शर्माले बालुवाटार गइसकेपछि पनि धेरै मानिससँग भेटघाट गर्न दिँदा प्रधानमन्त्रीलाई संक्रमणको जोखिम हुने भएकोले भेटघाट गर्न नदिने बताए ।
चिकित्सकहरुका अनुसार मिर्गौला प्रत्यारोपण गरेको व्यक्तिलाई तीन महिनासम्म संक्रमणको उच्च जोखिम हुन्छ । त्यसैले यो अवधिसम्म भीडभाड तथा सार्वजनिक कार्यक्रमहरुमा नजान प्रधानमन्त्री ओलीलाई सुझाइएको छ ।
प्रधानमन्त्रीलाई बालुवाटारमा शान्त र सफा वातावरणमा राखिनेछ । त्यस अनुसारकै व्यवस्था बालुवाटारमा मिलाइएको छ ।
प्रधानमन्त्री ओली दोस्रो मिर्गौला प्रत्यारोपणका लागि १९ फागुनमा अस्पताल भर्ना भएका थिए । अस्पतालमा रहँदा उपचारमा संलग्न चिकित्सकहरु बाहेक आठौं दिन मिर्गौला दाता समीक्षा संग्रौला र नवौं दिन प्रधानमन्त्री पत्नी राधिका शाक्यलाई भेट्न दिइएको थियो ।
काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई
काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार
-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज
काठमाडौँ, २१ भदौ । ओपनएआईसँग सम्बन्धित मानिएका स्वायत्त कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टले आपसमा सञ्चार र
काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले
काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट