
फागुन ३०, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली डिस्चार्ज भएका छन् । मिर्गौलाको सफल प्रत्यारोपणपछि प्रधानमन्त्री भर्खरै त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज भएका हुन् ।
प्रधानमन्त्री ओलीलाई अस्पतालबाट चिकित्सकहरुले समाएर गाडीसम्म ल्याउँदा उनले गाडी चढ्नुअघि शिक्षण अस्पतालमा भेला भएका शुभेच्छुकहरुलाई हाँसेर हात हल्लाएका थिए ।
गत फागुन २१ गते त्रिवि शिक्षण अस्पतालमै दोस्रो मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री त्यसको १० दिनमा बालुवाटार फर्किएका हुन् । बालुवाटार फर्किए पनि प्रधानमन्त्री चिकित्सकको प्रत्यक्ष निगरानीमा हुनेछन् । एक महिनासम्म नियमित रुपमा युरिन लगायतको टेस्ट गरिरहनुपर्ने चिकित्सकहरुले बताएका छन् ।
उनलाई नियमित भेटघाट र बाहिर हिँडडुल गर्न समय लाग्ने छ । उपचारमा संलग्न प्रा. डा. उत्तम शर्माले बालुवाटार गइसकेपछि पनि धेरै मानिससँग भेटघाट गर्न दिँदा प्रधानमन्त्रीलाई संक्रमणको जोखिम हुने भएकोले भेटघाट गर्न नदिने बताए ।
चिकित्सकहरुका अनुसार मिर्गौला प्रत्यारोपण गरेको व्यक्तिलाई तीन महिनासम्म संक्रमणको उच्च जोखिम हुन्छ । त्यसैले यो अवधिसम्म भीडभाड तथा सार्वजनिक कार्यक्रमहरुमा नजान प्रधानमन्त्री ओलीलाई सुझाइएको छ ।
प्रधानमन्त्रीलाई बालुवाटारमा शान्त र सफा वातावरणमा राखिनेछ । त्यस अनुसारकै व्यवस्था बालुवाटारमा मिलाइएको छ ।
प्रधानमन्त्री ओली दोस्रो मिर्गौला प्रत्यारोपणका लागि १९ फागुनमा अस्पताल भर्ना भएका थिए । अस्पतालमा रहँदा उपचारमा संलग्न चिकित्सकहरु बाहेक आठौं दिन मिर्गौला दाता समीक्षा संग्रौला र नवौं दिन प्रधानमन्त्री पत्नी राधिका शाक्यलाई भेट्न दिइएको थियो ।
कार्तिक ११, काठमाडौँ । गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीमा परी
कार्तिक १०, काठमाडौँ । नयाँदिल्लीमा आयोजित एक अन्तर्राष्ट्रिय सम्मेलनमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिएको अभिव्यक्तिलाई लिएर
८ कार्तिक २०८३, आइतबार,काठमाडौं। बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका विभिन्न
२९ असोज २०८३, काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक खाता खोल्न, केवाईसी अद्यावधिक गर्न तथा
असोज २८, काठमाडौं । नेपाल संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को सन् २०२७–२०२९ कार्यकालका लागि सदस्यमा
काठमाडौं, २६ असोज। सर्वोच्च अदालतले गैरकानुनी रूपमा बर्खास्त गरिएका श्रमिकलाई पुनर्बहाली नगर्ने अवस्थामा क्षतिपूर्ति निर्धारण