March 9, 2020

अस्ट्रेलियामा नेपाली युवालाई कोरोना पोजेटिभ

काठमाडाैं,फागुन २६, २०७६

नेपालबाट सिंगापुर टान्जिट भएर १४ फागुनमा अस्ट्रेलिया पुगेका २० वर्षीय एक नेपाली युवालाई कोरोना भाइरस (कोभिड १९) पोजेटिभ देखिएको छ । सिंगापुरमा लामो ट्रान्जिट हुँदै अस्ट्रेलिया पुगेपछि ती युवालाई श्वासप्रश्वासमा समस्या आएको जानकारी परराष्ट्र मन्त्रालयले प्राप्त गरेको छ । ट्रान्जिटमै वा हवाई यात्रामा भाइरस सरेको हुन सक्ने प्रारम्भिक आशंका छ ।

अस्ट्रेलिया पुग्नासाथ स्वास्थ्यमा समस्या भएपछि अस्पताल पुगेका नेपाली विद्यार्थीलाई चिकित्सकले घरमै आइसोलेसनमा बस्न आग्रह गरे पनि अटेर गरेको सूचना नेपाली दूतावासले परराष्ट्र मन्त्रालयलाई पठाएको छ । त्यसबीचमा उनले रेस्टुरेन्टमा काम गर्दै आएका थिए । तर, स्वास्थ्य धेरै खराब भएपछि उनी फेरि अस्पताल पुगेका थिए । 

हाल आइसोलेसन वार्डमा राखिएका उनको व्यक्तिगत विवरण दूतावासबाट नआएको परराष्ट्र मन्त्रालयका सम्बन्धित डेस्क हेर्ने एक अधिकृतले बताए । उनले भने, ‘हामीले नेपाली दूतावाससँग ती व्यक्तिको विस्तृत विवरण मागेका छौँ, हामीले मागेको विवरण प्राप्त भएपछि मात्रै विस्तृत भन्न सक्छौँ ।’

स्वास्थ्य मन्त्रालयका सचिव यादव कोइरालाले पनि संक्रमित व्यक्तिको पहिचान खुलिनसकेको  बताए । ती व्यक्ति नेपालमा कहाँ बसेको थिए र को को संग सम्पर्कमा थिए भन्ने खोजी भइरहेको र विश्व स्वास्थय संगठनले उनका बारेमा जानकारी लिन थालेको पनि कोइरालाले बताए । ती युवा सिड्नी हुँदै होबार्ट भन्ने ठाउँमा पुगेका छन् । यो मेनल्याण्ड अस्टेलियाबाट २४० किलोमिटर दक्षिणमा छ ।  

त्यहाँका पब्लिक हेल्थ सर्भिससम्बन्धी निर्देशक मार्क भेइटेकले अस्टेलियाको एबीसी अनलाइनमा भनेका छन्, यी व्यक्ति सिंगापुर र सिड्नी हुँदै आइपुगेका छन् । यहाँ आएको भोलिपल्टबाट उनलाई रुघाजस्तो लक्षण देखिए पनि उनले काम गरिरहे र कलेज पनि गइरहेको सूचना पाएका छौँ । संक्रमित नेपाली युवाले होबार्टको ग्रान्ड चान्सलर होटल तथा होठलको रेस्टुरेन्ट तासमानमा काम गर्ने गरेको पनि निर्देशक मार्कको भनाई छ ।

उनले १७ र १८फागुनमा होटलमा साँझ पाँचबजदेखि ११ बजेसम्म काम गरेको रेकर्ड देखिएको छ । होटलले ती नेपालीसँग सम्पर्क भएक  स्टाफ र विद्यार्थीसँग सम्पर्क गरेको छ । ती व्यक्ति २३ फागुनमा कार्गो रेस्टेरेन्ट एण्ड ओ बारमा राती १० बजेदेखि विहान २ बजेसम्म रहेको पनि समाचारमा उल्लेख छ ।  उनी छोटो समय पार्लियामेन्ट लावन्जमा रहेको पनि उल्लेख छ । 

उनको रोयल होबार्ट हस्पिटलमा २३ फागुनमा थप स्वास्थयजाँच भएको थियो । जहाँ उनलाई कोरोना भाइरसको लक्षण पुष्टि भएको थियो । उनलाई आफैँ आइसोलेसनमा घरमा बस्न चिकित्सकले सल्लाह दिएका थिए । तर उनले चिकित्सकको सल्लाह नमानेको र कारण थाहा नभएको विवरण नेपाली दूताबासले परराष्ट मन्त्रालयलाई पठाएको छ । उनको परिवारका चारजना र तीनजना साथीहरू १४ दिनका लागि क्वारेन्टाइनमा राखिएको चिकित्सकहरूले जनाएका छन् ।

उनी कलेज र रेस्टुरेन्टमा गएको बिषयमा अनुसन्धान भइरहेको अस्पतालले जनाएको छ । अस्पतालले उनी आइडियल कलेजको विद्याथई रहेको, कलेजमा यसबीचमा उनी दुईपटक उपस्थित भएको जानकारी पाएको तथा कलेजका स्टाफसँग थप सोधपुछ भइरहेको जनाएको छ ।

आइडिएल कलेजको कोर्स कोअर्डिनेटर सुसान वांगले  भनेका छन् कि २३ फागुनमा नेपाली युवा माक्स लगाएर करिब पौने सात बजे कलेजमा पुगेका थिए । उनले रक्तजाँच गरेर फर्केको र रिपोर्टको प्रतिक्षा गरेको जानकारी दिएका थिए ।  सुसानले भने, उनी करिब ३० सेकेन्डजति कलेजमा बसे । कोर्स टेनर भन्दा बाहेक कसैसँग उनको सम्पर्क भएको छैन । उनी एड्भान्स डिप्लोमा अफ लिडर्सिप एण्ड मेनेजमेन्ट पढिरहेका थिए ।  नयाँ पत्रिकामा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि