
फागुन १९, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार मिर्गौला प्रत्यारोपण हुँदैछ । मिगौला प्रत्यरोपणका लागि प्रधानमन्त्री सोमबार अस्पताल भर्ना हुदैछन् । त्रिवि शिक्षण अस्पतालकै युरोलोजी तथा ट्रान्सप्लान्ट सर्जन प्रा.डा. प्रेमराज ज्ञवाली नेतृत्वको टोलीले उनको मिगौला प्रत्यरोपण गर्ने भएको छ । युरोलोजी डिपार्टमेण्टका नियमित प्रत्यारोपण गर्ने शिक्षण अस्पतालकै अन्य चार सर्जन पनि टोलीमा सहभागी हुनेछन्।
प्रत्यारोपणमा १२ वर्ष अघि प्रधानमन्त्रीको प्रत्यारोपण गरेका भारतस्थित अपोलो अस्पतालका एक डाक्टरपनि ल्याउने तयारी भएको अस्पताल श्रोतको भनाई छ । प्रधानमन्त्रीको प्रत्यारोपणमा नेपाली डाक्टरहरुकै सहभागिता रहने जनाइएपनि विदेशी डाक्टर संलग्नताको विषयको टुंगो भने सोमबार दिउँसो बस्ने बैठकले निर्णय गर्ने डाक्टर ज्ञवालीले जानकारी दिए ।
डाक्टर ज्ञवालीका अनुसार सुरु गरेको ३ देखि ५ घण्टामा प्रत्यारोपण सकिन्छ। प्रत्यारोपणपछि बिरामीको अवस्था हेरेर अस्पतालमा राखिन्छ।
१२ वर्षअघि पहिलो प्रत्यारोपण गराएका प्रधानमन्त्री ओलीले गत कात्तिक महिनादेखि नियमित डायलाइसिस गराउँदै आएका छन् ।
काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई
काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार
-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज
काठमाडौँ, २१ भदौ । ओपनएआईसँग सम्बन्धित मानिएका स्वायत्त कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टले आपसमा सञ्चार र
काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले
काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट