अमेरिका र तालिवानबीच आज महत्वपूर्ण शान्ति सम्झौता

Image result for ws and taliwan peace agreementएजेन्सी, १७ फागुन । अमेरिका र तालिवानबीच आज एक महत्वपूर्ण शान्ति सम्झौता हुन गइरहेको छ । लामो समयपछिको वार्तापछि दुबै पक्षले शान्ति सम्झौतामा हस्ताक्षर गर्न गइरहेका छन् ।

कतारको राजधानी दोहामा २ वर्षदेखि जारी वार्तापछि अमेरिका र तालिवानबीच शान्ति सम्झौता हुन लागेको हो । दोहाको शेराटन होटेलमा शान्ति सम्झौतामा हस्ताक्षर हुने अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।

शान्ति सम्झौता हस्ताक्षर समारोहमा अमेरिका, अफगानिस्तान, भारत, पाकिस्तानसहित केही राष्ट्रका कुटनीतिज्ञहरू शेराटन होटेलमा पुगिसकेका छन् ।

समाचार अनुसार आज (शनिबार) दिउँसो ४ः४५ बजे शान्ति सम्झौतामा हस्ताक्षर हुनेछ । अमेरिकाले हिंसा न्यूनीकरणका लागि गरेको एक सहमतिपछि शान्ति सम्झौता हुन लागेको हो ।

सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकामा भएको आतंकवादी हमलाको १९ वर्षछि तालिवान र अमेरिकाले शान्ति सम्झौतामा हस्ताक्षर गर्न सहमत भएका छन् । शान्ति सहमतिमपछि अफगानिस्तानमा जारी युद्ध अन्त्य हुने अपेक्षा गरिएको छ ।

तर पछिल्लो समय तालिवान लडाकुले अफगानिस्तानमा अमेरिकाको नेतृत्वमा तैनाथ गठबन्धन फौज र अफगान सुरक्षाबलमाथि तीव्र रुपमा हमला गर्दै आइरहेका छन् ।

गत हप्ता तालिवानको आक्रमणमा परी १९ जना सुरक्षाकर्मी र ४ जना सर्वसाधारणको ज्यान गएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि