कोरियामा एकैदिन ५९४ जनालाई कोरोना संक्रमण !

Image result for corona virus koreaकाठमाडौं, १७ फागुन । चीन कोरोना भाइरसको इपिसेन्टर हो । त्यसैले चीनमा कोरोना संक्रमितको संख्या सबैभन्दा धेरै छ र ज्यान जानेहरुको ठूलो हिस्सा चीनबाटै छन् । विशाल जनसंख्या हुनु र रोग फैलावटको इपिसेन्टर भएकोले चीनमा संक्रमित र मृतकको संख्या धेरै हुनु स्वभाविक नै हो ।

चीनपछाडि दक्षिण कोरिया कोरोना संक्रमणको फैलावट र क्षति बढी भएको देश बनेको छ । त्यहाँ शुक्रबार मात्र ५९४ जनामा कोरोनाभाइरस सङ्क्रमणको पुष्टि गरिएको छ ।

कोरिया सेन्टर्स फर डीजीज कन्ट्रोल एन्ड प्रीभेन्सनका अनुसार दक्षिण कोरियामा २,९३१ जना कोभिड-१९ का बिरामी छन्, जसमध्ये १६ जनाको मृत्यू भइसकेको छ । दक्षिण कोरियामा कोरोनाको इपिसेन्टर दक्षिण-पूर्वी डाएगु सहर बनेको छ । त्यहाँ सिन्चोञ्जी चर्च नामक समूहको सदस्यहरूबाट संक्रमण सुरु भएको बताइन्छ ।

एक ६१ वर्षीया महिलालाई कोरोना संक्रमणको शंका गरिए पनि उनी अस्पताल जान नमानेर चर्चमा प्राथनाका लागि गएकी थिइन् ।

पछिल्लो तथ्यांकअनुसार अहिलेसम्म ५० भन्दा बढी देशमा कोरोनाभाइरस सङ्क्रमण फैलिएको खबर प्राप्त भएको छ । बीबीसीका अनुसार अहिलेसम्म ८३,६५० जनालाई सङ्क्रमण भएको छ र २,७९१ जनाको मृत्यु भइसकेको छ ।

सबै महादेशमा फैलनेक्रममा रहेको कोरोनाबाट बेलारुस, लिथुआनिया, नेदरल्यान्ड्स, न्यूजील्यान्ड र नाइजेरियामा कोरोना पुगिसकेको छ । जापानको समुद्र किनारमा भएको डायमन्ड प्रिन्स नामक जहाजमा सवार एक ब्रिटिश यात्रुको मृत्यु भइसकेको छ ।

कोरोनाको कारण विश्व अर्थतन्त्र ओरालो लाग्ने क्रममा छ भने हजारौं कार्यक्रमहरु प्रभावित भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नर्सका माग सम्बोधन गर्न सरकारी समिति गठन, पहिलो बैठक आजै

काठमाडौँ, कात्तिक २ गते । सरकारले नर्सिङ स्वास्थ्यकर्मीहरूको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न १४ सदस्यीय समिति

अर्थमन्त्री खनाल र एसियाली विकास बैंकका अध्यक्षबिच भेट

वाशिङ्टन डिसी (अमेरिका), असोज ३० गते । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहनुभएका अर्थमन्त्री

चिकित्सकले अब औषधीको ब्रान्ड नाम लेख्न नपाउने

काठमाडौँ, असोज २४ गते। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) ले अबदेखि चिकित्सकहरूलाई औषधी सिफारिस

नेपालको अदालतमा अभिलेख सङ्कट : अबको बाटो कता?

काठमाडौँ, भदौ २९।‘जेन–जी’ आन्दोलनका क्रममा उत्पन्न हिंसात्मक घटनाले नेपालका प्रमुख सरकारी संरचनासहित सर्वोच्च अदालत, विशेष

प्रधानमन्त्री ओली र चिनका अन्तर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्ष चेन बीच सहकार्यबारे छलफल

काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का

परराष्ट्रमन्त्री डा. आरजु राणाद्वारा जलवायु वित्त र दिगो कृषि प्रणालीमा अन्तर्राष्ट्रिय सहयोगको आग्रह

असार १७, काठमाडौं ।परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनबाट प्रभावित मुलुकहरूका लागि जलवायु वित्त