काठमाडौं, १७ फागुन । चीन कोरोना भाइरसको इपिसेन्टर हो । त्यसैले चीनमा कोरोना संक्रमितको संख्या सबैभन्दा धेरै छ र ज्यान जानेहरुको ठूलो हिस्सा चीनबाटै छन् । विशाल जनसंख्या हुनु र रोग फैलावटको इपिसेन्टर भएकोले चीनमा संक्रमित र मृतकको संख्या धेरै हुनु स्वभाविक नै हो ।
चीनपछाडि दक्षिण कोरिया कोरोना संक्रमणको फैलावट र क्षति बढी भएको देश बनेको छ । त्यहाँ शुक्रबार मात्र ५९४ जनामा कोरोनाभाइरस सङ्क्रमणको पुष्टि गरिएको छ ।
कोरिया सेन्टर्स फर डीजीज कन्ट्रोल एन्ड प्रीभेन्सनका अनुसार दक्षिण कोरियामा २,९३१ जना कोभिड-१९ का बिरामी छन्, जसमध्ये १६ जनाको मृत्यू भइसकेको छ । दक्षिण कोरियामा कोरोनाको इपिसेन्टर दक्षिण-पूर्वी डाएगु सहर बनेको छ । त्यहाँ सिन्चोञ्जी चर्च नामक समूहको सदस्यहरूबाट संक्रमण सुरु भएको बताइन्छ ।
एक ६१ वर्षीया महिलालाई कोरोना संक्रमणको शंका गरिए पनि उनी अस्पताल जान नमानेर चर्चमा प्राथनाका लागि गएकी थिइन् ।
पछिल्लो तथ्यांकअनुसार अहिलेसम्म ५० भन्दा बढी देशमा कोरोनाभाइरस सङ्क्रमण फैलिएको खबर प्राप्त भएको छ । बीबीसीका अनुसार अहिलेसम्म ८३,६५० जनालाई सङ्क्रमण भएको छ र २,७९१ जनाको मृत्यु भइसकेको छ ।
सबै महादेशमा फैलनेक्रममा रहेको कोरोनाबाट बेलारुस, लिथुआनिया, नेदरल्यान्ड्स, न्यूजील्यान्ड र नाइजेरियामा कोरोना पुगिसकेको छ । जापानको समुद्र किनारमा भएको डायमन्ड प्रिन्स नामक जहाजमा सवार एक ब्रिटिश यात्रुको मृत्यु भइसकेको छ ।
कोरोनाको कारण विश्व अर्थतन्त्र ओरालो लाग्ने क्रममा छ भने हजारौं कार्यक्रमहरु प्रभावित भइरहेका छन् ।
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले
१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित
अधिवक्ता तारा निधि पन्त जीवन बीमा अभिकर्ता बन्नु केवल आम्दानीको स्रोत मात्र होइन, समाजका व्यक्तिहरूलाई
काठमाडौँ, कात्तिक २ गते । सरकारले नर्सिङ स्वास्थ्यकर्मीहरूको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न १४ सदस्यीय समिति