February 13, 2020

नराम्रो देख्ने आँखै नराम्रा: मन्त्री बाँस्काेटा

 

फागुन १, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सरकारले सबै राम्रा कामहरु मात्रै गरेको नराम्रा काम नगरेको दाबी गरेका छन् ।  

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आज (बिहीबार) सिंहदरबारमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले यस्तो दाबी गरेका हुन् । ‘सरकारले नराम्रो काम गरेको छैन । राम्रा–राम्रा काम मात्रै गरेको छ । नराम्रो देख्ने आँखै नराम्रा हुन्’, सरकारका प्रवक्ता समेत रहेका बाँस्कोटाले भने । 

उनले नेकपा सरकारमा आएपछि विधिको शासन बलियो भएको पनि दाबी गरे । देश सुशासनको दिशामा उन्मुख भएको उनको भनाइ थियो। सुखी नेपाली समृद्ध नेपालको कार्यक्रमले नतिजा देखिन थालेको पनि उनले बताए । 

मुलुकमा शान्ति सुरक्षाको अवस्थामा पनि सुधार भएको उल्लेख गर्दै उनले अधिनायकवादको हौवाले हावा खाएको पनि दाबी गरे ।

यस्तै मन्त्री बाँस्कोटाले नेपाल वायुसेवा निगमलाई निजीकरण गर्ने विषयमा सरकारले कुनै सोच नराखेको बताए । उनले क्षमता अभिवृद्धि र केही विमानस्थल सञ्चालन गर्न सरकार सक्षम विदेशी संस्थाहरूसँग मिलेर काम गर्न तयार भने रहेको बताए । 

उनले भैरहवाको विमानस्थल सञ्चालनका लागि जर्मनीको कम्पनी जुरिचसँग छलफल भइरहेको जानकारी दिए । बास्कोटाले भने, ‘जुरिच भन्ने एउटा जर्मनी कम्पनीसँग हाम्रो भैरहवाको सन्दर्भमा छलफल चलिरहेको छ । त्यो अहिले नै निजीकरणतर्फ जाने होइन ।’

उनले सरकारले विभिन्न स्थानमा नयाँ विमानस्थलहरू बनाउनेदेखि स्तरोन्नति गरी क्षेत्रीय रूपमा अगाडि बढाउने काम भइहरेको पनि जानकारी गराए । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र