काठमाडौं, माघ २८ : राजनीतिक प्रतिशोधको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेता विजय गच्छदारलाई भ्रष्टाचारको मुद्दा चलाएको आरोपमा लगाउँदै संसद अवरोध गर्दै आएको नेपाली कांग्रेसले आजबाट अवराेध नगर्ने निर्णयसँगै मंगलबारदेखि बैठक सुचारू भएको छ।
नेपाली कांग्रेसको संसदीय दलको मगलबार बसेको बैठकले गच्छदारविरुद्धका मुद्दालाई राजनीतिक र कानुनीरुपमा जारी राख्ने भए पनि संसद अवरोध भने हटाउने निर्णय गरेको हो।
यसअघि कांग्रेसले लगातार संसद बैठक तीनपटक अवरोध गरेको थियो।
‘गच्छदारविरुद्ध राजनीतिक प्रतिशोधको आधारमा जुन मुद्दा लगाइएको छ। त्यसविरुद्ध कानुनी र राजनीतिक लडाइँ जारी राख्ने भए पनि संसद अवरोध भने हटाउने निर्णय गरेको छ,’ कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले भनिन्।
गत आइतबार कांग्रेसले तेस्रोपटक प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको थियो। आइतबार दिउँसो १ः४५ बजेबाट सुरु भएको बैठक प्रतिनिधिसभाको बैठक सभामुखले आरम्भ भएको घोषणा गर्नसाथ कांग्रेस सांसदहरुले उठेर विरोध जनाएका थिए।
कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारविरुद्ध बालुवाटारको सरकारी जग्गा हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दर्ता गरेपछि कांग्रेसले सडक र सदनबाट विरोध गर्दै आएको थियो।
तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त
काठमाडौं, फागुन २७ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति
काठमाडौं, फागुन २० — राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढंगबाट सम्पन्न
काठमाडौं, फागुन १७ — केपी शर्मा ओलीले मतदातालाई देशको पक्षमा स्पष्ट निर्णय लिन आग्रह गरेका
१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन
विराटनगर, फागुन १५ । केपी शर्मा ओलीले आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका व्यक्त गरेका