ओमनसङ्ग फेरि नेपाल पराजित

काठमाडौं , माघ २६ : अकीब इलियासको शतकीय अलराउन्ड प्रर्दशनमा आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिज अन्तर्गत तेस्रो खेलमा नेपाल ओमानसँग ८ विकेटले पराजित भएको छ । नेपालले प्रस्तुत गरेको २ सय ५० रनको लक्ष्य ओमानले ४७.२ ओभरमा २ विकेट गुमाउँदै पुरा गर्यो । 

1569435677nepal

बलियो योगफल बनाएपनि नेपालको बलिङ नचल्दा पराजित हुन पुगेको हो । नेपाल पहिलो खेलमा पनि ओमानसँग १८ रनले पराजित भएको थियो । यो जितसँगै ओमान ९ खेलमा ७ मा जित र २ मा हार सहित १४ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ । ओमानको जितमा अकीब इलियास १ सय ८ बलमा १२ चौका र १ छक्का सहित १ सय ९ रनमा अविजित रहे ।

१ सय २ बलमा अकीबले आफ्नो ओडीआई करिअरको पहिलो शतक पुरा गरेका थिए । त्यसअघि करणको २५ औं ओभरको पाँचौ बलमा प्वाइन्टमा आरिफ शेखले ३७ रनमा क्याच छोड्दै अकीबलाई जीवनदान दिएका थिए । जुन जीवनदान नेपाललाई घातक बन्यो । कप्तान जिशान मकसुद ७९ बलमा ८ चौका सहित ६८ रनमा अविजित रहँदै जित पक्का गरे ।

तेस्रो विकेटका लागि अकीब इलियास र कप्तान जिशान मकसुदले १ सय ६७ रनको अविजित शतकीय साझेदारी गरेपछि नेपालले लज्जास्पद हार बेहोरेको हो । नेपाललाई पहिलो सफलता कुशल मल्लले १२ औ ओभरको दोस्रो बलमा ओपनर जतिन्दर सिंहलाई २३ रनमा बोल्ड आउट गर्दै दिलाएका थिए । जतिन्दरले ४१ बलमा ३ चौका प्रहार गरे ।

पहिलो विकेटका लागि जतिन्दरले ११.२ ओभरमा खावर अलीसँग ४९ रनको साझेदारी गर्दै ओमानलाई राम्रो सुरुवात दिलाए । शुशन भारी १९ औं ओभरको पाँचौ बलमा खावर अलीलाई ४१ रनमा बोल्ड आउट गरेका थिए । अलीले ५६ बलमा ६ चौका प्रहार गरे । नेपालले ७ बलर प्रयोग गरेपनि कुशल मल्ल र सुशन भारीले मात्र १/१ विकेट लिए ।

त्यसअघि आइतबार बिहान टीयू मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ४९ रन बनाएको थियो । जुन नेपालले ओडीआईमा विपक्षलाई दिएको सर्वाधिक ठूलो लक्ष्य हो । नेपालले गतवर्ष यूएईलाई दोस्रो खेलमा २ सय ४३ रनको लक्ष्य दिएको थियो । नेपालले ओडीआई बनाएको यो दोस्रो उच्च योगफल हो । यसअघि यूएईविरुद्ध तेस्रो खेलमा नेपालले २ सय ५५ रनको लक्ष्य पुरा गर्दै ऐतिहासिक ओडीआई सिरिज जितेको थिथो ।

कप्तान ज्ञानेन्द्र मल्लले ५६ रनको अर्ध शतकीय इनिङ खेले । २९ औं ओभरको पहिलो बलमा पार्टटाइम बलर अकीब इलियासले मोहम्मद नदीमबाट क्याच गराउनु अघि ज्ञानेन्द्रले ७६ बलमा ६ चौका र १ छक्का प्रहार गरे । ज्ञानेन्द्रले ७० बलमा आफ्नो ओडीआई करिअरको दोस्रो अर्ध शतक पुरा गर्ने क्रममा २५ औं ओभरको चौथो बलमा मोहम्मद नदीमलाई चौका प्रहार गरेका थिए ।

दोस्रो विकेटका लागि पारस र ज्ञानेन्द्रले ५९ रनको महत्वूर्ण साझेदारी गर्दै इनिङ उकासेका थिए । नदीमको २४ औं ओभरको पहिलो बलमा सट खेल्नेक्रममा पारस मिडअफमा सन्दीप गौडबाट ३८ रनमा क्याच आउट भए । पारसले ३४ बलमा ६ चौका र १ छक्का प्रहार गरे । पारस आउट भएको दुई बल पछि दीपेन्द्र सिंह ऐरी खराब सट खेल्दै विलाल खानबाट शून्यमा क्याच आउट हुन पुगेका थिए ।

दीपेन्द्र अमेरिकासँगको खेलमा पनि शून्यमा आउट हुन पुगे । पहिलो विकेटका लागि ओपनर सुवास खकुरेल र ज्ञानेन्द्र मल्लले पहिलो विकेटका लागि १४.१ ओभरमा ४८ रनको साझेदारी गरेका थिए । १५ औं ओभरको पहिलो बलमा अलराउन्डर मोहम्मद नदीमले सुवासलाई २२ रनमा एलबिडब्लू आउट गर्दै साझेदारी तोडेका थिए । सुवासले ४२ बलमा १ चौका प्रहार गरे ।

कुशल मल्लले २४ बलमा २ चौका र २ छक्का सहित २८ रनको आक्रामक इनिङ खेले । कुशललाई अकीबले ३५ औं ओभरको दोस्रो बलमा स्लिपमा खावर अलीबाट क्याच गराएका थिए । कुशलले ३२ औं ओभरको पाँचौ र छैटौ बलमा मोहम्मद सनुथलाई लगातार छक्का प्रहार गरेका थिए । छैटौं विकेट लागि आरिफ शेख र विनोद भण्डारीले ३२ रनको साझेदारी गर्दै नेपाललाई बलियो योगफल सम्म पुर्याए ।

अकीबले ४३ औं ओभरको पहिलो बलमा एलबिडब्लू आउट गर्नुअघि आरिफ शेखले ४५ बलमा १ चौका सहित २८ रन जोडे । तल्लोक्रममा विनोद भण्डारीले ४७ बलमा ५ चौका सहित ३५ रनमा रन आउट हुन पुग्गे । करण केसी १० रनमा क्याच आउट भए । सन्दीप लामिछानेले १० र कमल सिंह ऐरीले ९ रनमा अविजित रहे । ओमानका अलराउन्डर अकीब इलियासले १० ओभरमा ३६ रन खर्चेर ४ विकेट लिए । मध्य गतिका बलर मोहम्मद नदीमले ८ ओभरमा १ मेडन सहित ४४ रन खर्चेर ३ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

प्रधानमन्त्रीको आग्रह: समयमा विवाह गरी सन्तान उत्पादनमा ध्यान दिनु उत्तम

काठमाडौँ, असार २७ — प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिसँगै जनसङ्ख्याको सन्तुलित वृद्धि नभए

रसुवाको लेन्दे खोलाको बाढीले भोटेकोशीमा असर, नेपाली सेनाद्वारा ११ जना उद्धार, १८ बेपत्ता

काठमाडौं, असार २४ गते। रसुवाको लेन्दे खोलामा आएको बाढी भोटेकोशी नदीमा मिसिएपछि उत्पन्न संकटमा फसेका

शिक्षा क्षेत्रमा बुटवलको उत्कर्ष: उत्कृष्ट नतिजासँगै शैक्षिक केन्द्रको रूपमा उभिँदै

बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा

हट्न लाग्यो भारतको बाटो प्रयोग गर्ने बाध्यता

२२ असार २०८२, आइतबार – दार्चुलानेपालका नागरिकले आफ्नै देशभित्रको छाङरु र टिङ्कर पुग्न वर्षौंदेखि भारतको

 सरकारी सेवामा पेन्सन र उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू

असार २०, २०८२, काठमाडौं ।आगामी आर्थिक वर्ष २०८२/८३ देखि नियुक्त हुने निजामती कर्मचारीहरूलाई अब पेन्सन

राइड सेयरिङ कार्यान्वयन अन्योलमा, व्यवसायी असन्तुष्ट

२० असार २०८२, काठमाडौँ ।गण्डकी प्रदेश सरकारले सार्वजनिक सवारी साधनको अभाव कम गर्न ल्याएको ‘राइड