
एजेन्सी, १५ माघ । सुरुमा कोरोना भाइरस देखिएको चिनियाँ शहर वुहान नजिकै १ हजार शैप्याको हस्तिटल बनेको छ । केही दिनअघि चीन सरकारले कोरोना भाइरस फैलिँदै गएपछि एक साताभित्र २ हजार शैप्याका २ वटा अस्पताल बनाउने घोषणा गरेको थियो ।

त्यसमध्ये कोरोना भाइरसको केन्द्रबिन्दु रहेको वुहान नजिकै बनेको एक अस्पताल सञ्चालनमा आएको जनाईएको छ । उक्त अस्पतालले हिजो रातिदेखि स्वास्थ्य सेवा सुरु गरेको समाचारमा बताइएको छ ।

उक्त अस्पताल ४८ घण्टामा निर्माण गरिएको हो । झण्डै ५ सय कामदार, इलेक्ट्रिसियन र प्रहरीले लगातार २८ खटेर उक्त हस्पताल निर्माण गरेका हुन् ।

हुआङजाओ जिल्लामा बनाइएको उक्त अस्पताल यसअघि मे महिनामा उद्घाटन गरिने बताइएको थियो । तर कोरोना भाइरस देखिएपछि द्रूतगतिमा निर्माण गरी त्यसअघि नै उद्घाटन गरिएको हो ।

हुआङजाओका स्थानीय अधिकारीले शुक्रबार अस्पताल बनाउने बताएका थिए । शनिबारदेखि निर्माण कार्य सुरु गरिएको थियो ।
सोमबारसम्म अस्पतालमा पानी, बिजुली र इन्टरनेट जस्ता सुविधा जडान गरिएको छ ।
त्यस्तै वुहान शहरमा अर्को ठूलो अस्पताल बन्दै छ । उक्त अस्पताल सोमबारसम्म निर्माण हुनेछ । चीन सरकारले कोरोना भाइरसले महामारी लिँदै गएका बेला निकै द्रूतगतिमा ४ वटा हस्पताल बनाउन लागेको छ ।

ती अस्पताल सन् २००३ मा सार्स फैलिएका बेला बेइजिङमा बनाइएका मेडिकल सेन्टरको डिजाइनका आधारमा बनाउन लागिएको हो । पहिला नै बनाइएका निर्माण सामग्री र भवन (pre fabricated buildings and material) बाट अस्पताल बनाइएको हो ।

कोरोना भाइरसबाट हालसम्म चीनमा १३२ जनाले ज्यान गुमाएका छन् भने झण्डै ६ हजार मानिस संक्रमित बनेका छन् ।
बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता
काल, कात्तिक १८ गते। मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक छन्। सरकारका प्रवक्ता तथा सूचना प्रविधि मन्त्री
कात्तिक कार्तिक १४, काठमाडौं । मलेसिया लाभासीका श्रमिक पठाउने देश वैदेशिक व्यापार व्यवसाय कम्पनीका लागि
कात्तिक २, काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले हालको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार
आन्दोलनका क्रममा भदौ २४ गते जलाइँदै गरेको राष्ट्रपतिको कार्यालय। राष्ट्रपतिको कार्यालय जोगाउन नसक्दा आलोचना, संविधानले दिएको
काठमाडौँ, कात्तिक २ गते । सरकारले नर्सिङ स्वास्थ्यकर्मीहरूको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न १४ सदस्यीय समिति