माघ ११, काठमाडौं : टर्कीमा शक्तिशाली भूकम्पमा परि कम्तीमा १८ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् ।

६.८ म्याग्निच्युड मापन गरिएको भूकम्प एलाजिग प्रान्तको सिभ्रिस सहर केन्द्रविन्दु भएर गएको बीबीसीले जनाएको छ । भूकम्प शनिबार बिहान स्थानीय समयअनुसार ८ बजेर ५५ मिनेट जाँदा महसुस भएको हो ।
भूकम्पको धक्का छिमेकी सिरिया, लेबनान र इरानसम्म महसुस भएको बताइएको छ । भूकम्पबाट टर्कीस्थित भवनहरूमा उत्तिकै क्षति पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
टर्कीको विपद व्यवस्थापनसम्बन्धी निकायका अनुसार, भूकम्पको ठूलो धक्कापछि ६० भन्दा बढी परकम्पहरू गएका छन् ।
टर्कीका सरकारी अधिकारीहरूलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले भूकम्पपीडितहरूको राहत र उद्धारका लागि पनि ४०० टोली परिचालन गरिएको जनाएका छन् ।
टर्कीमा भूकम्प स्वभाविक मानिन्छ । सन् १९९९ मा यहाँ गएको भूकम्पमा परी १७ हजार मानिसको ज्यान गएको थियो । भूकम्प प्रभावित क्षेत्रमा ४०० भन्दा बढी उद्धारकर्ताहरू बिछौना र टेन्ट बोकेर जाँदै छन्। सरकारले भूकम्पले प्रभावित घरमा नजान सर्वसाधारणहरूलाई आग्रह गरेको छ।
“त्यो निकै डरलाग्दो थियो। हामी माथि सामान खस्यो। र हामी बाहिर भाग्यौँ,” एएफपी समाचार संस्थाले ४७ वर्षीय मेलाहन्ट क्यानले भनेको उल्लेख गरेको छ।
भूकम्प गएको क्षेत्र राजधानी अङ्काराबाट करिब ५५० किलोमिटर पूर्वतिर पर्छ र त्यो क्षेत्रको जनसङ्ख्या त्यति धेरै छैन जस कारण क्षति र मृत्यु हुनेको सङ्ख्याबारे थप विवरण आउन समय लाग्न सक्ने बताइएको छ।
काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले
वाशिङ्टन डिसी (अमेरिका), असोज ३० गते । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहनुभएका अर्थमन्त्री
काठमाडौँ, भदौ २९।‘जेन–जी’ आन्दोलनका क्रममा उत्पन्न हिंसात्मक घटनाले नेपालका प्रमुख सरकारी संरचनासहित सर्वोच्च अदालत, विशेष
काठमाडौं, साउन २१, २०८२ । सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने उद्देश्यले राष्ट्रिय श्रम आप्रवासन नीति–२०८२
काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का
असार १७, काठमाडौं ।परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनबाट प्रभावित मुलुकहरूका लागि जलवायु वित्त