
माघ ८, काठमाडौं । मङ्गलबार सामान्य सुधार देखिएको धितोपत्र बजारमा आज नेप्से परिसूचक ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार शेयर कारोवार मापक नेप्से परिसूचक ७।०५ अङ्कले घटेर एक हजार ३१३.४२ मा पुगेको छ ।
यस्तै सेन्सेटिभ परिसूचक २.१३ अङ्कले घटेर २८२।३० मा समेटिएको छ । परिसूचक ओरालो लागे पनि कारोवार रकम भने डेढ अर्ब नाघेको छ । आज कूल १८७ कम्पनीका ४९ लाख १४ हजार ४३७ कित्ता शेयर रु एक अर्ब ५८ करोड १३ लाख ८१ हजार ३६४ मा खरिदबिक्री भयो ।
कारोवार भएका कुल १२ उपसमूहमध्ये जीवन बीमा उपसमूहको शेयर मात्र बढेको छ । सो उपसमूहको शेयर १६२।७४ अङ्कले बढेको छ । बैंकिङ ८.६१, व्यापार ११.१३, होटल २३.६७, विकास बैंक १७.७२, जलविद्युत् १५.९३, वित्त १.९४, निर्जीवन बीमा २३.०५, उत्पादन २३.५८, अन्य ५.९४, लघुवित्त १०.३६ र सामूहिक लगानी कोषको शेयर ०.०६ अङ्कले घटेको छ ।
कारोवार रकमका आधारमा आज ग्लोबल आइएमई बैंक शीर्ष स्थानमा रह्यो । सो बैंकको शेयर रु ६१ करोड १२ लाख २८ हजार ७४६ मा खरिदबिक्री भयो । यस्तै नेपाल बैंकको रु नौ करोड नौ लाख ३१ हजार १८५, सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको रु सात करोड ६९ लाख नौ हजार २३४, एसियन लाइफ इन्स्योरेन्स कम्पनीको रु पाँच करोड ८३ लाख ६७ हजार ३५३, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रु पाँच करोड ८१ लाख ७१ हजार ५७९, प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको रु पाँच करोड ४१ लाख २७ हजार ११२ र एनआइसी एसिया बैंकको रु दुई करोड ९५ लाख ७७ हजार ४८८ मा खरिदबिक्री भयो ।
स्टकका अनुसार आज एसियन लाइफ इन्स्योरेन्स कम्पनीका शेयरधनीले सबैभन्दा बढी ८.४७ प्रतिशतले कमाए । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी ८.२०, सूर्या लाइफ इन्स्योरेन्स कम्पनी ५.२४, सिर्जना फाइनान्स ३.९६, सिद्धार्थ इक्विटी फण्ड ३.९३ र ग्लोबल आइएमई समुन्नत स्किम–१ का लगानीकर्ताले ३.९१ प्रतिशतले कमाए ।
यस्तै सबैभन्दा बढी पाँचथर पावर कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी ८.६९ प्रतिशतले गुमाए । कञ्चन डेभलपमेन्ट बैङक ७।५१, सेन्ट्रल फाइनान्स ७.२३, नविल इक्विटी फण्ड ५.२९, सिनर्जी पावर डेभलपमेन्ट ५ र स्पर्श लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ४.९९ प्रतिशतले गुमाए । रासस
माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र
माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०
माघ २,काठमाडौं । दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना
पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष
पुस २४, काठमाडौं । सरकारले दक्षिण कोरिया रोजगारीका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा उत्तीर्ण
चितवन, पुस २१ गते । क्रमशः अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले फार्महरूसँग