काठमाडौं, ६ माघ । जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा पश्चिमी न्युन चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । हाल देशको पूर्वी भूभागमा सामान्य बदली रहेको र अन्य पहाडी भूभागमा आंशिक बदली रहेको विभाग अन्तरगतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
तराईका भूभागहरूमा बाक्लो हुस्सु र कुहिरो लागेको छ । महाशाखाले निकालेको मौसम पूर्वानुमान बुलेटिन अनुसार आज दिउँसो पश्चिमी भूभागमा सामान्यदेखि पूर्ण बदली रहनेछ भने देशका मध्य र पूर्वी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ ।
पश्चिम र मध्यका उच्च पहाडी भेगमा हल्कादेखी मध्यम हिमपातको सम्भावना रहेको छ । सोमबार राति देशका पश्चिमी भूभाग लगायत मध्य र पूर्वी पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रहनेछ । पूर्व र मध्यका तराई भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
मध्य र पश्चिमी उच्च पहाडी भेगमा हिमपातको सम्भावना रहेको छ । उच्च हिमाली भेगमा हल्का हिमपात हुने साथै तराईका केही स्थानहरुमा हुस्सु र कुहिरो समेत रहने भएकोले चिसोबाट बच्न मौसमविद्ले अनुरोध गरेका छन् ।
काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल
फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र