January 16, 2020

बेल्जियमकी राजकुमारी किन आउँदैछिन् नेपाल?

यूरोपेली मुलुक बेल्जियमकी राजकुमारी अस्ट्रिद एक हप्ता लामो नेपाल भ्रमणमा आउँदैछिन्। उनले एक हप्ता नेपालमा बस्दा समाज सेवा गर्नेछिन्। उनी पर्यटक अथवा राजनीतिक भ्रमणका लागि नेपाल आउन लागेकी होइनन्।

बेल्जियमका राजा फिलिपकी बहिनी हुन्। उनले नेपालमा रहँदा राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्नेछिन्। यस्तै उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालसँग भेट्नेछिन्।

तर, पनि उनी नेपालमा रहँदा राजनीतिक भेटघाटमा भने रहने परराष्ट्र मन्त्रालयले जनाएको छ। परराष्ट्र मन्त्रालयका अनुसार राजकुमारी अस्ट्रिद यही जनवरी १९ मा नेपाल आइपुग्नेछिन्। जनवरी २५ सम्म नेपालमा रहँदा उनी सुदूरपश्चिम प्रदेशको भ्रमणमा रहनेछिन्।

परराष्ट्र स्रोतका अनुसार उनले यो अवधिमा कैलाली, चितवन र नवलपरासीसमेतको भ्रमण गर्नेछिन्। कैलालीमा राजकुमारी अस्ट्रिदले टीबी (क्षय रोग) सेन्टरको उद्घाटन गर्ने कार्यक्रम रहेको छ। सो अवसरमा उनले कैलालीमा रहेका क्षय रोगका पीडितहरुलाई भेट्नेछिन्। उनले त्यहाँ कुष्ठ रोगका पीडितलाई पनि भेट्ने कार्यक्रम रहेको

कैलालीमा बल्जियमको एनजीओ डाइनिम फाउण्डेशनले क्षय रोग र कुष्ठ रोग सम्बन्धि काम गर्दै आएको छ। राजकुमारी अस्ट्रिद सो एनजीओको मानार्थ प्रमुखसमेत हुन्। उनले नवलपरासीको मिडप्वाइन्ट अस्पतालको समेत अवलोकन गर्नेछिन्। यहाँ सो एनजीओले क्षय रोगको मल्टि ड्रग रेसिस्टेन्ट (एमडीआर) विरामीलाई सहयोग गर्दै आएको छ। पटक पटक क्षय रोग दोहोरिनुलाई एमडीआर भनिन्छ। यो निकै घातकसमेत हुने गर्छ।

यतिमात्र होइन राजकुमारी अस्ट्रिद ल्याण्ड माइन विरोधी अभियन्तासमेत हुन्। उनी एन्टि ल्याण्ड माइन अभियानकी सदभावना दूतसमेत हुन्।

परराष्ट्रमन्त्रालयले राजकुमारी अस्ट्रिदको नेपाल भ्रमणले बेल्जियम र नेपालबीच द्वीपक्षीय सम्बन्धमा अझ विस्तार हुने अपेक्षा गरेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

युद्ध अन्त्यका लागि इरानका तीन शर्त

तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद