अमेरिकाले फ्लोरिडाको पेन्साकोलास्थित नेभल एयर स्टेसनमा भएको गोलीकाण्डमा संलग्न भएको भन्दै दर्जन बढी साउदी सैनिकलाई देश निकाला गर्ने भएको छ ।

अमेरिकी सैन्य प्रतिष्ठानमा तालिम लिइरहेका दर्जन बढी साउदी सैनिकलाई देश निकाला गर्ने प्रतिष्ठानले जनाएको छ । साउदी अरेबियन मिलिटरीका सेकेन्ड लेफ्टिनेन्टले चलाएको गोली लागेर तीन अमेरिकी सैनिकको मृत्यु भएको थियो भने आठजना घाइते भएका थिए ।
सोही घटनामा गोली चलाउने व्यक्तिलाई सघाएको भन्दै र कट्टरपन्थी अभियानमा संलग्न रहेको पाइएपछि उनीहरुलाई देश निकाला गर्न लागिएको स्रोतले जनाएको सीएनएनमा उल्लेख छ । तर, दुईवटा स्रोतले भने उनीहरुलाई उक्त आरोप नलगाएको बताएको सीएनएनले जनाएको छ ।
अमेरिकी रक्षा मन्त्रालयका अधिकारीका अनुसार देश निकाला गर्न लागिएका साउदी सैन्यमाथि बाल अश्लीलता फैलाएकोसमेत आरोप लगाइएको छ । तर, एफबीआई र न्याय विभागले भने उक्त टिप्पणी स्वीकार गर्न नसकिने जनाएका छन् ।
“पेन्साकोला गोलीकाण्डपछि रक्षा विभागले साउदी अरेबियाका विदेशी सैन्य विद्यार्थीलाई तालिम कक्षमा प्रवेश निषेध गरेको थियो । “त्यसपछि हामीले हाम्रा विदेशी सैन्य विद्यार्थीमाथि छानबिन सुरु गरेका थियौं,” रक्षा विभागका प्रवक्ता लेफ्टिनेन्ट कर्नेल रोर्बट कार्भरले भने, “अहिले तालिम स्थगित गरिएको छ । हामी नयाँ सुरक्षा रणनीति अवलम्बन गर्दै छौं ।”
पेन्साकोला गोलीकाण्डका विषयमा एफबीआईले अनुसन्धान गरेपछि दर्जन बढी साउदी विद्यार्थीलाई निवासमै सीमित गरिएको छ । एफबीआईले उक्त गोलीकाण्ड सम्भावित आतंकवादी आक्रमण भएको बताएको छ । पेन्टागनले अमेरिकामा रहेका ८५० साउदी सैन्य विद्यार्थीमाथि अनुसन्धान र समीक्षा गरेको बताएको छ ।
मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी
मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री
१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।
काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार
काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि
२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि