January 12, 2020

इरानले आक्रमण गर्न सक्ने भन्दै इजरायली विदेशमन्त्रीको दुबई भ्रमण स्थगित

इजरायलका विदेशमन्त्रीले अर्को हप्ता हुन लागेको दुबईको भ्रमण स्थगित गरेका छन् ।

अमेरिका र इरानबीच तनाव चुलिँदै गर्दा सुरक्षा जोखिम समेत बढेको भन्दै विदेशमन्त्री इसरायल काट्जको भ्रमण स्थगन गरिएको इजरायली समाचार माध्यमले जनाएका छन् ।

जेरुसलेम पोष्टले इजरायली कुटनीतिज्ञलाई उदृत गर्दै विदेशमन्त्री काट्सको दुबई भ्रमण स्थगित भएको समाचार छापेको छ । काट्समाथि सुरक्षा खतरा उत्पन्न हुन सक्ने भन्दै जनवरीको मध्यतिर तय गरिएको दुबई भ्रमण स्थगन गरिएको हो ।

अनुसन्धानमन्त्री समेत रहेका विदेशमन्त्री काट्स जनवरीको मध्यतिर दुबई जाने कार्यतालिका तय गरिएको थियो । उनी एक्स्पो२०२० दुबईमा सहभागी हुन दुबई जान लागेका थिए ।

तर सुरक्षा अधिकारीको आग्रहमा काट्सको उक्त भ्रमण स्थगित गरिएको समाचारमा बताइएको छ । उनी दुबई जाने नयाँ तालिकाबारे केही खुलाइएको छैन ।

एक इजरालयी कुटनीतिज्ञका अनुसार जनरल सुलेमानीको हत्यापछि इरानले काट्सलाई लक्षित गरी आक्रमण गर्न सक्ने भन्दै पूर्व सावधानी अपनाइएको हो । तर काट्समाथि उत्पन्न हुनसक्ने सुरक्षा जोखिमबारे भने केही बताइएको छैन ।

विगत ४ दशकको अवधिमा इरान र इजरालयबीचको सम्बन्ध निकै कटुतापूर्ण बन्दै गइरहेको छ । इजरायल मध्यपूर्वमा अमेरिकाको प्रमुख र महत्वपूर्ण साझेदार मुलुक हो ।

अमेरिकी ड्रोन हमलामा कुर्दस् फोर्सका कमाण्डर कासिम सुलेमानी मारिएपछि अमेरिकी र इरानबीचको तनाव उत्कर्षमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि