नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवाको एकल निर्णयविरुद्ध असन्तुष्ट नेताहरुले जिल्ला सभापतिहरुको छुट्टै भेला बोलाएका छन् । पार्टी मुख्यालय सानेपाको कार्यकक्ष प्रयोग गरेर वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा आयोजित जिल्ला सभापतिहरुको भेला अहिले पनि जारी छ ।
११ पुसमा सभापति देउवाले एकलौटी रुपमा महाधिवेशनको मिति घोषणा, विभाग बिस्तार लगायतका निर्णयहरु गरेपछि असन्तुष्ट पौडेल समूहले जिल्ला सभापति भेला बोलाएको हो ।
सभापतिको परामर्शबाट देउवाविरुद्ध रणनीति तय गर्ने पौडेल लगायतका नेताहरुको तयारी छ । सानेपामा जारी भेलामा ४३ जना जिल्ला सभापतिहरु जम्मा भएका छन् । पौडेललाई साथ दिँदै महामन्त्री शशांक कोइराला र कोषाध्यक्ष सितादेवी यादव पनि उपस्थित छन् ।
पौडेल समूहको भेलामा नेता कृष्ट सिटौलाले नेतृत्व गरेको समूह पनि सहभागी भएको छ । सिटौलासमूहका नेताहरु गगन थापा र प्रदीप पौडेल पनि बैठकमा सहभागी भए पनि सिटौला स्वयम् भने अनुपस्थित छन् ।
पार्टीको केन्द्रीय कार्यालयमा बहुमत सभापति जम्मा पारेर कार्यक्रम आयोजना गर्नुलाई पार्टीको केन्द्रीय कार्यालय कब्जा गरेको रुपमा पनि कतिपय सहभागीले अर्थ्याएका छन् ।
काठमाडौँ, असोज ६ ।हिन्दूहरूको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ। प्रत्येक वर्ष आश्विन शुक्ल
काठमाडौँ, भदौ १९ गते । नेपाल सरकारको निर्णय अनुसार सूचीकरणका लागि तोकिएको समयमा सम्पर्कमा नआएका
काठमाडौँ, साउन २७ — सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले यस वर्ष दोस्रो चरणको
मुख्यमन्त्री पाण्डे : ५० करोड बचत हुने अपेक्षा, पूर्वउपाध्यक्ष पौडेल : मन्त्री–सांसदको सुविधा पनि कटौती
काठमाडौँ, साउन २१ ।सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले कृत्रिम बौद्धिकता (एआई) को विकासमा नेपाल
साउन २०, २०८२ | तीनकुनेमा गत चैत १५ गते आयोजित राजावादी प्रदर्शनमा संलग्न रहेको आरोपमा पुर्पक्षका