
पौष १८, मुस्ताङ । मुस्ताङमा पुनः हिमपातसँगै बढेको चिसोले जनजीवन प्रभावित भएको छ । वर्षा, हिमपात र चिसोका कारण सर्वसाधारणको दैनिकी, हवाई तथा सडक यातायात सेवा प्रभावित भएको हो । जोमसोम, मुक्तिनाथ, लोमान्थाङ, लेते, मार्फा, ठिनीलगायत मुस्ताङका सबै क्षेत्रमा हिउँ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सडकमा हिउँ जमेपछि जोमसोम–मुक्तिनाथ र जोमसोम–लोमान्थाङ सडकमा यातायात सेवा बन्द भएको छ । जोमसोममा आधा फिटसम्म बाक्लो हिउँ र जोमसोम माथिको गाउँहरुमा एक फिटसम्म बाक्लो हिउँ जमेको छ । मुस्ताङ जिल्लामा सञ्चारसमेत अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले जानकारी दिए ।
चिसो बढेकाले सर्वसाधारण घर बाहिर निस्कन नसकेको मुस्ताङका बासिन्दा सुवास थकालीले बताए । घरभित्रै आगो तापेर बसेका छन् । गाई, भेडा, चौरी, च्याङ्ग्रालगायत घरपालुवा जनावरलाई सुख्खा घाँसपात खुवाएर राखिएको छ । चरनका लागि छाडिएको छैन । पर्यटकीय स्थलहरु पनि सुनसान छन् । भारी हिमपातका कारण हवाई उडान आज नभएको जोमसोम नागरिक उड्डयनका कार्यालय प्रमुख दीपक विकले बताउनुभयो । पोखरा–जोमसोम हवाई रुटमा दैनिक दुई वटा तारा एयरले उडान भर्ने गरेको थियो ।
सरकारी कार्यालयमा सेवाग्राहीको उपस्थिति न्यून छ । सडक, पुल, भवन, सिँचाइलगायत विकास निर्माणका काम चिसोका कारण प्रभावित बनेको छ । उपल्लो मुस्ताङका बासिन्दाहरु कुरुवालाई घर जिम्मा लगाएर जाडो छल्न कात्तिकमै बेँसीका न्यानो स्थानमा झरेका थिए । वर्षा र हिमपातले कृषकहरुमा भने खुशीयाली छाएको छ । यो वर्ष मुस्ताङमा दोस्रो पटक हिउँ परेको हो । वर्षा भएपछि सिँचाइ हुने, खेतबारीमा राखेको मल भिजेर बिरुवालाई आवश्यक तत्व आपूर्ति हुने थासाङ गाउँपालिका–३ लेतेका कृषक नरसिङ शेरचनले बताए ।
हिउँ पग्लिएर खेतबारीमा हालेको मल भिज्ने र बोट बिरुवा फस्टाउने, उत्पादन बढ्ने कृषकहरु बताउँछन् । स्याउको परागसेचनका लागि माइनस तापक्रमको आवश्यकता पने स्याउ जोनका कार्यालय प्रमुख माधव लम्सालले बताउनुभयो । स्याउ, जौ, गहुँ, उवा, फापर बाली सप्रने जनाइएको छ । – रासस
माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र
काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत
माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०
माघ २,काठमाडौं । दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना
पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा
पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष