December 27, 2019

बलात्कारी कृष्णदास प्रकरणः बलात्कारीलाई फाँसी दे भन्ने नारा अदालत अगाडी ! आइतबार थुनछेकको बहस, नेपाल ल क्याम्पसका प्रोफेसरहरु कृष्णदाशका पक्षमा बहस गर्दै ?

 

पुस ११, मोरङ । सुनसरीको चतराका सिद्धबाबा भनिने कृष्णबहादुरी गिरीको बयान सकिएको छ । २९ वर्षीया महिला अनुयायीमाथि बलात्कारको आरोप लागेका गिरीको आज जिल्ला अदालत इनरुवामा बयान लिइएको थियो । अब आइतबार विहान १० बजे नै थुनछेकको बहस हुनेछ ।

जिल्ला अदालत इनरुवामा वादी र प्रतिवादीका अधिवक्ताहरुबीच गिरीको बयान लिइएकोमा आरोपित गिरीले आफु विरुद्ध लागेको बलात्कारको आरोपलाई इन्कार गरेका छन् ।

आरोपितसँग जिल्ला न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासमा बयान लिने काम सकिएको सरकारी वकिलको तर्फबाट अधिवक्ता गोकुल निरौलाले बताए । उनलाई विहान ११ बजे अदालतमा उपस्थित गराइएको थियो । उनको दिउसो ३ बजेसम्म बयान लिने कार्य चलेको थियो । 

बयानका क्रममा पीडित महिलाको पक्षबाट उनकी दिदी अदालतमा उपस्थित रहेकी थिइन् । मोरङको विराटनगरस्थित एक अस्पतालमा विरामी भएको भन्दै भर्नामा रहेका सिद्धबाबालाई एम्बुलेन्समा राखी सुनसरी अदालत उपस्थित गराइएको थियो ।

उक्त क्रममा सिद्धबाबालाई फसाइएको भन्दै उनका अनुयायीहरुले जप गरेका थिए भने, पिडित महिलाका पक्षमा आएका महिला अधिकारकर्मीहरुले सिद्धबाबा भनिएका गिरी विरुद्ध नाराबाजी समेत गरेका थिए ।  

गिरीको मुद्दा सुनसरी जिल्ला अदालतका मुख्यन्यायाधीश राधाकृष्ण उप्रेतीको बेन्चमा परेको छ । आरोपित गिरीको पक्षबाट बहसका लागि नेपाल ल क्याम्पसका प्रोफेसरहरु डा. रमेश पराजुली, सरोज गिरी, रुपेश कोइराला, दिनेशराज सत्याल, मोहन कोइरालाले बहसको तयारी गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

देखासिखी संस्कृतिलाई कडा कानुन बनाएर नियन्त्रण गर्न जरुरी

  अधिवक्ता: तारा निधि पन्त सरलता, आध्यात्मिकता र सामुदायिक भावनामा आधारित रहेको नेपाली संस्कृति आज

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले