
पुस ११, मोरङ । सुनसरीको चतराका सिद्धबाबा भनिने कृष्णबहादुरी गिरीको बयान सकिएको छ । २९ वर्षीया महिला अनुयायीमाथि बलात्कारको आरोप लागेका गिरीको आज जिल्ला अदालत इनरुवामा बयान लिइएको थियो । अब आइतबार विहान १० बजे नै थुनछेकको बहस हुनेछ ।
जिल्ला अदालत इनरुवामा वादी र प्रतिवादीका अधिवक्ताहरुबीच गिरीको बयान लिइएकोमा आरोपित गिरीले आफु विरुद्ध लागेको बलात्कारको आरोपलाई इन्कार गरेका छन् ।
आरोपितसँग जिल्ला न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासमा बयान लिने काम सकिएको सरकारी वकिलको तर्फबाट अधिवक्ता गोकुल निरौलाले बताए । उनलाई विहान ११ बजे अदालतमा उपस्थित गराइएको थियो । उनको दिउसो ३ बजेसम्म बयान लिने कार्य चलेको थियो ।

बयानका क्रममा पीडित महिलाको पक्षबाट उनकी दिदी अदालतमा उपस्थित रहेकी थिइन् । मोरङको विराटनगरस्थित एक अस्पतालमा विरामी भएको भन्दै भर्नामा रहेका सिद्धबाबालाई एम्बुलेन्समा राखी सुनसरी अदालत उपस्थित गराइएको थियो ।
उक्त क्रममा सिद्धबाबालाई फसाइएको भन्दै उनका अनुयायीहरुले जप गरेका थिए भने, पिडित महिलाका पक्षमा आएका महिला अधिकारकर्मीहरुले सिद्धबाबा भनिएका गिरी विरुद्ध नाराबाजी समेत गरेका थिए ।
गिरीको मुद्दा सुनसरी जिल्ला अदालतका मुख्यन्यायाधीश राधाकृष्ण उप्रेतीको बेन्चमा परेको छ । आरोपित गिरीको पक्षबाट बहसका लागि नेपाल ल क्याम्पसका प्रोफेसरहरु डा. रमेश पराजुली, सरोज गिरी, रुपेश कोइराला, दिनेशराज सत्याल, मोहन कोइरालाले बहसको तयारी गरेका छन् ।
काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत
माघ २,काठमाडौं । दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना
“जेनजीका नाममा भएका घटनाहरू स्वस्फूर्त होइनन् योजनाबद्ध षड्यन्त्रको परिणाम” पुस २९,काठमाडौं । जेनजी आन्दोलनका कारण
पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा
पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष
काठमाडौं, पुस २५ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एकै दिन ३३ जना नयाँ केन्द्रीय सदस्य