December 16, 2019

व्यक्तिगत दुश्मनीका कारण जनकपुरमा विस्फोट

व्यक्तिगत ‘दुश्मनी’ले जनकपुरमा गराइएको थियो विस्फोट ! छानबिन समिति गठन

मंसिर ३०, काठमाडौं । धनुषामा भएको बम विस्फोटको अनुसन्धान गर्न डीएसपी नेतृत्वमा छानविन समिति गठन गरिएको छ । प्रदेश नम्बर–२ प्रहरी कार्यालयले घटनाको छानविन गर्न जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी रामेश्वर कार्कीको नेतृत्वमा समिति गठन गरिएको हो ।

प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेलका अनुसार छानविन समितिमा प्रदेश २ को विशेष ब्युरो, बम बिस्फोट विज्ञलगायत अनुसन्धान विज्ञ पनि छन् । टोलीले घटनाको छानविन र अनुसन्धान सुरु गरिसकेको छ ।

शुक्रबार थिरेश्वरनाथ नगरपालिका–५ स्थित औषधि व्यावसायी राजेश साहको घरमा राखेको बम विस्फोट हुँदा प्रहरी निरीक्षक अमिर दाहाल, औषधि व्यावसायी राजेश साह र उनका छोराले ज्यान गएको थियो । तीनजनाको ज्यान गएपछि स्थानीयमा त्रास उत्पन्न भएको छ । प्रहरीले राजेश साहको घरमा टाइम बम राखिएको हुनसक्ने अनुमान गर्दै आएको छ ।

प्रहरी अधिकारीले आर्थिक लेनदेन र व्यक्तिगत ‘दुश्मनी’कै कारण वम राखेको हुनसक्ने दाबी गर्दै आएका छन् । एक प्रहरी अधिकारीले भने “मृतक राजेश शाहले एकजनालाई रकम दिनुपर्ने थियो । उनी विप्लव समूहमा आवद्ध नेताका आफन्त हुन भन्ने कुरा आएको छ । यो आर्थीक अपराधको धटना हो ।’’ उनले मिटर ब्याजमा समेत पैसा लगाउने गरेको पाइएको छ ।

घटनामा विप्लव समूहको केही सदस्य वा तराईमा अपराधिक गतिविधि सञ्चालन गर्दै आएको समूहको संलग्नता हुनसक्ने प्रहरी दाबी छ । प्रहरीले विस्फोटपछि नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका धनुषा इन्चार्ज ललिता महरासहित पाँचजनालाई पक्राउ गरेको छ । विस्फोटको आशंकामा उनीहरुलाई पक्राउ गरिएपछि देशभरी प्रहरीले विप्लव समूहको नेता–कार्यकर्तालाई पक्राउ गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

युद्ध अन्त्यका लागि इरानका तीन शर्त

तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल