मंसिर २९, काठमाडौँ : दोलखाको कालिञ्चोक मन्दिर दर्शन गरेर भक्तपुर फर्कँदै गरेको बस आइतबार बिहान सिन्धुपाल्चोकको सुनकोशी गाँउपालिका–७ स्थित ६ किलोमा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १५ पुगेको छ ।
मृत्यु हुनेमा ८ महिला, ४ पुरुष, एक बालिका र दुई बालक रहेका छन् । मृतक १५ जनामध्ये ६ जनाको सनाखत भइसकेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
मृतकहरुमा सिन्धुपाल्चोक जुगल गाउँपालिका–७ का सुक बहादुर तामाङ, जुगल७ की नै सबिना तामाङ, दोलखाको भीमेश्वर नगरपालिकाकी जुनुमाया तामाङ, सोही ठाउँकी मञ्जु तामाङ, रामेछापको उमाकुण्ड गाउँपालिका–५ का महेश तामाङ र भक्तपुरको सुर्यविनायक नगरपालिकाका चिुन बस्नेत ६ जनाको मात्रै सनाखत भएको प्रहरीले जनाएको छ ।
यस्तै दुर्घटनामा १७ जना घाइते भएका छन् । घाइतेहरुको काठमाडौं, धुलिखेल र सिन्धुपाल्चोकका विभिन्न अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।
भदौ ५, २०८२, काठमाडौं।नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मदन भण्डारी फाउण्डेशन पार्टी अध्यक्ष तथा
काठमाडौँ, भदौ ५ गते।सरकारले संस्था दर्ता, नियमन र व्यवस्थापनका लागि छाता कानुनको रूपमा एकीकृत विधेयकको
काठमाडौँ, भदौ ३ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी तथा उद्यम गर्न कुनै अवरोध
काठमाडौँ, १ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय विदेशसचिव विक्रम मिस्रीले शिष्टाचार भेट गरेका
ललितपुर, साउन ३० गते (रासस) — प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा सञ्चालनमा रहेका सबै सामाजिक
काठमाडौँ, साउन २९ — सरकारले राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) नीति–२०८२ स्वीकृत गर्ने निर्णय गरेको छ।