सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्नो विधान संशोधन गर्दै वैज्ञानिक समाजवाद स्थापना गरी साम्यवादको दिशातर्फ अघि बढ्ने गरी पार्टीको नयाँ कार्य्दिशा तय गरेको छ । यो समाचार आजको राजधानी दैनिकमा सुभाष साहले लेखेका छन् ।

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा सोमबार बसेको नेकपा सचिवालय बैठकले पार्टीको विधान संशोधन गर्दै कार्यदिशा परिवर्तन गर्ने निर्णय गरेको हो ।
यो प्रस्ताव स्थायी कमिटी हुँदै केन्द्रीय कमिटीले पारित गरेपछि लागू हुनेछ ।
तत्कालीन एमाले र माओवादी केन्द्रका बीचमा पार्टी एकीकरणपश्चात् बनेको नेकपाको पार्टी कार्यदिशा विषयमा बहस हुँदै आएको थियो । यसअघि नेकपाको मार्गदर्शक सिद्धान्तः माक्र्सवाद लेनिनवाद र कार्य्दिशाः समाजवाद उन्मुख जनताको जनवाद राखिएको थियो ।
मार्गदर्शक सिद्धान्त पुरानै राखी कार्य्दिशा मात्रै परिवर्तन गर्ने निर्णय गरिएको नेकपा सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
पोखरा, १६ चैत २०८२ । गण्डकी प्रदेशसभाले गण्डकी प्रदेश सडक ऐन, २०८१ लाई संशोधन गर्न
चैत १५, काठमाडौँ । सरकारले नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवाहरूलाई डिजिटल तथा एकीकृत प्रणालीमार्फत सञ्चालन
चैत १३ काठमाडौँ । बालेन शाह प्रधानमन्त्रीमा नियुक्त भएका छन्। रामचन्द्र पौडेलले उनलाई आज बिहान प्रधानमन्त्रीमा नियुक्त
चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट
पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,
भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति