
मंसिर २२, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गतको पुरुष फुटबलमा बंगलादेशलाई पराजित गर्दै नेपाल फाइनल प्रवेश गरेको छ ।
त्रिपुरेस्वरस्थित दशरथ रंगशालामा आइतबार भएको लिग चरणको अन्तिम खेलमा नेपालले बंगलादेशलाई १-० गोलले पराजित गरेको हो ।
खेलको ११ औं मिनेटमा नेपालका सुनिलले बलले गरेको गोल नै निर्णायक बन्न पुग्यो ।
अब यसअघि नै फाइनल प्रवेश गरेको भुटानसँग नेपालले २४ गते फाइनल खेल्नेछ ।
फाइनल खेल्ने भुटानलाई नेपालले यसअघि नै ४-० गोलले पराजित गरेको थियो भने श्रीलंकासँग १-१ को बराबरी खेलेको थियो । त्यसैगरी माल्दिभ्सलाई आइतबार २-१ गोलले पराजित गरेको थियो ।
फाइनलमा नेपाललाई पराजित गर्दै पहिलो सागमा स्वर्ण जित्ने अवसर भुटानलाई हुनेछ भने नेपाललाई लगातार फुटबलम दोस्रो स्वर्ण जित्ने अवसर छ ।
तीनमा जित र एकमा बराबर गर्दै नेपाल १० अंकसहित अंकतालिको पहिलो स्थानमा छ ।
संस्करणको पहिलो ‘रेड कार्ड’
बंगलादेशका कप्तानसमेत रहेका ६ नम्बर जर्सीका खेलाडी जमाल बुयानले ‘रेड कार्ड’ पाएका छन् । यो १३ औं सागको पहिलो ‘रेड कार्ड’ पाएका छन् ।
उनले रेफ्रीमाथि नै हातपातको प्रयास गरेका थिए ।
बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता
काल, कात्तिक १८ गते। मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक छन्। सरकारका प्रवक्ता तथा सूचना प्रविधि मन्त्री
कात्तिक कार्तिक १४, काठमाडौं । मलेसिया लाभासीका श्रमिक पठाउने देश वैदेशिक व्यापार व्यवसाय कम्पनीका लागि
कात्तिक २, काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले हालको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार
आन्दोलनका क्रममा भदौ २४ गते जलाइँदै गरेको राष्ट्रपतिको कार्यालय। राष्ट्रपतिको कार्यालय जोगाउन नसक्दा आलोचना, संविधानले दिएको
काठमाडौँ, कात्तिक २ गते । सरकारले नर्सिङ स्वास्थ्यकर्मीहरूको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न १४ सदस्यीय समिति