
मंसिर २२, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गतको पुरुष फुटबलमा बंगलादेशलाई पराजित गर्दै नेपाल फाइनल प्रवेश गरेको छ ।
त्रिपुरेस्वरस्थित दशरथ रंगशालामा आइतबार भएको लिग चरणको अन्तिम खेलमा नेपालले बंगलादेशलाई १-० गोलले पराजित गरेको हो ।
खेलको ११ औं मिनेटमा नेपालका सुनिलले बलले गरेको गोल नै निर्णायक बन्न पुग्यो ।
अब यसअघि नै फाइनल प्रवेश गरेको भुटानसँग नेपालले २४ गते फाइनल खेल्नेछ ।
फाइनल खेल्ने भुटानलाई नेपालले यसअघि नै ४-० गोलले पराजित गरेको थियो भने श्रीलंकासँग १-१ को बराबरी खेलेको थियो । त्यसैगरी माल्दिभ्सलाई आइतबार २-१ गोलले पराजित गरेको थियो ।
फाइनलमा नेपाललाई पराजित गर्दै पहिलो सागमा स्वर्ण जित्ने अवसर भुटानलाई हुनेछ भने नेपाललाई लगातार फुटबलम दोस्रो स्वर्ण जित्ने अवसर छ ।
तीनमा जित र एकमा बराबर गर्दै नेपाल १० अंकसहित अंकतालिको पहिलो स्थानमा छ ।
संस्करणको पहिलो ‘रेड कार्ड’
बंगलादेशका कप्तानसमेत रहेका ६ नम्बर जर्सीका खेलाडी जमाल बुयानले ‘रेड कार्ड’ पाएका छन् । यो १३ औं सागको पहिलो ‘रेड कार्ड’ पाएका छन् ।
उनले रेफ्रीमाथि नै हातपातको प्रयास गरेका थिए ।
भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति
चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत
अधिवक्ता: तारा निधि पन्त सरलता, आध्यात्मिकता र सामुदायिक भावनामा आधारित रहेको नेपाली संस्कृति आज
काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत
काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’