December 7, 2019

तेह्रौँ साग : ८१ स्वर्णकासाथै १६५ पदकसहित भारत शीर्ष स्थानमा

काठमाडौँ, २१  मङ्सिर (रासस) : तेह्रौँ दक्षिण एशियाली खेलकुद (साग)मा भारत पदक तालिकाको शीर्ष स्थानमा रहेको छ । नेपाल पदक तालिकाको दोस्रो स्थानमा कायमै छ ।  २०७६ मङ्सिर २० गते शुक्रबारका खेल सकिँदासम्म भारतले ८१ स्वर्ण, ५९ रजत र २५ कास्यसहित कूल १६५ पदक जितेको छ । नेपाल ४१ स्वर्ण, २७ रजत र ४८ कास्यसहित कूल ११६ पदक जितेको छ । यस्तै श्रीलङ्का २३ स्वर्ण, ४२ रजत र ६९ कास्यसहित तेस्रो, पाकिस्तान १९ स्वर्ण, २५ रजत र २९ कास्यसहित चौथो, बङ्गलादेश चार स्वर्ण, १८ रजत र ५१ कास्यसहित पाँचौँ, माल्दिभ्स एक स्वर्ण र दुई कास्य जित्दै छटौँ तथा भूटान छ कास्यसहित पदक तालिकाको अन्तिम स्थानमा छ ।

नेपालले मङ्सिर २० गतेको  गल्फमा दुई तथा पौडी, एथलेटिक्स र भारोत्तोलनमा एक एक स्वर्ण पदक जितेको हो ।

साग पदक तालिका :

देश    स्वर्ण    कास्य    रजत    जम्मा
भारत     ८१    ५९    २५    १६५
नेपाल    ४१    २७    ४८    ११६
श्रीलङ्का    २३    ४२    ६९    १३४
पाकिस्तान    १९    २५    २९    ७३
बङ्गलादेश    ४    १८    ५१    ७३
माल्दिभ्स    १    ०    २    ३
भूटान    ०    ०    ६    ६
–––

(तस्वीर : युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मासँग शुक्रबार तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत पुरुष एथ्लेटिक्सका स्वर्ण पदक विजयी नेपालका गोपीचन्द्र पार्कीलगायत खेलाडी ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आन्दोलनका मुद्दा फिर्ता र ‘पक्राउ नगर्ने’ मागमा सिंहदरबारमा तनाब

बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

नेपालको ब्रेन ड्रेनदर उच्च

देशमा विद्यार्थी र श्रमिक फिर्ता नीति तथा ‘डायस्पोरा नेटवर्क’ विकास गर्नुपर्छ   कात्तिक , २८  

मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक

काल, कात्तिक १८ गते। मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक छन्। सरकारका प्रवक्ता तथा सूचना प्रविधि मन्त्री

मलेशियामा श्रमिक पठाउने कम्पनीका लागि दस सर्त

कात्तिक कार्तिक १४, काठमाडौं । मलेसिया लाभासीका श्रमिक पठाउने देश वैदेशिक व्यापार व्यवसाय कम्पनीका लागि

सुशीला कार्की नेतृत्वको सरकार खारेज गरी सर्वपक्षीय अन्तरिम सरकार गठन गर्नुपर्छ : विप्लव

कात्तिक २, काठमाडौं  ।  नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले हालको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार