देवजंग शाहीलाई धरौटीमा छुटाइदिने भनी २ लाख ५० हजार रुपैयाँ घुस लिएको अभियोगमा अख्तियारले खड्काविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।
विशेष अदालत काठमाडौको कैफियत प्रतिवेदनको आधारमा शाहीलाई पुर्पक्षको लागि डिल्लीबजार कारागार चलान गरेकोमा विशेष अदालत काठमाडौंको आदेश बिरुद्ध सर्वोच्च अदालतमा ०७६-RE-०१२८ नम्बरको निवेदन मुद्दा दर्ता गरेकोमा शाहीलाई धरौटीमा छुटाइदिने प्रलोभनमा खड्काले घुस लिएको अख्तियारले जनाएको छ ।
मुद्दालाई सहज बनाउने, पेशी छिटो राखिदिने र धरौटीमा छुटाइदिने भनी पछि ५० हजार रुपैयाँ फिर्ता गर्नेगरी खड्काले २ लाख ५० हजार रुपैयाँ लिएको पुष्टी हुन आएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए ।
उनले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० को कसुर गर्न उद्योग गरेको हुँदा सोही ऐनको दफा २१ बमोजिम कसुर गरेको पुष्टि हुन आएकोले खड्कालाई बिगो २ लाख ५० हजार रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० र दफा ३ को उपदफा ९१० को खण्ड घ बमोजिम हुने सजायमा सोही ऐनको दफा २१ बमोजिम आधा सजाय हुन मागदावी गरिएको छ ।
प्रवक्ता कोइरालाका अनुसार खड्काले उजुरीकर्ताका दाजु विपक्षी भएको बिचाराधीन अवस्थामा रहेको किनारा भई नसकेको ०७६-RE-०१२८ नम्बरको मुद्दासँग सम्बन्धित मिसिल कागजातको प्रतिलिपि उपलब्ध गराई दिने बहाना बनाई २०७६ साल असोजमा ४ हजार रुपैयाँ र कार्तिक महिनामा ५ हजार रुपैयाँ गरी ९ हजार रुपैयाँ घुस लिएको पनि पुष्टी भएको छ ।
काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत
माघ २,काठमाडौं । दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना
“जेनजीका नाममा भएका घटनाहरू स्वस्फूर्त होइनन् योजनाबद्ध षड्यन्त्रको परिणाम” पुस २९,काठमाडौं । जेनजी आन्दोलनका कारण
पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा
पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष
काठमाडौं, पुस २५ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एकै दिन ३३ जना नयाँ केन्द्रीय सदस्य