November 29, 2019

१३ औँ दक्षिण एसियाली खेलकुदका लागि यसरी सिङ्गारिएको छ दशरथ रंगशाला

 

मंसिर १३, काठमाडौं । १३ औं दक्षिण एशियाली खेलकूद (साग) तयारीका लागि नेपालको एक मात्र अन्तर्राष्ट्रियस्तरको दशरथ रङ्गशाला धुमधामले सिंगारिएको छ ।  

आइतबार देखि साग खेलकुद सुरु हुँदैछ । सागको औपचारिक उद्घाटन हुन दुई दिन मात्र बाँकी रहँदा रंगशाला झिलीमिली बत्तीले उज्यालो देखिएको छ ।  

रङ्गशालामा बत्तीका साथै दक्षिण एशियाली राष्ट्र अङ्कित झण्डा समेत टाँगिएका छन् ।  

योसँगै सागका सम्पूर्ण तयारी पूरा भइसकेका छन् । सागलाई लक्षित गर्दै प्रहरीले सुरक्षा व्यवस्था पनि कडा पारिसकेको छ । सागमा अवाञ्छनीय गतिविधि हुन नदिन प्रहरीले सुरक्षा व्यवस्था कडा गरेको हो ।

पाहुनाहरुलाई विमानास्थलदेखि होटलसम्म, खेल्ने मैदानदेखि उनीहरुले भ्रमण गर्ने स्थलसम्म कडा सुरक्षा हुनेछ । आइतबारदेखि औपचारिक रुपमा सुरु हुने सागका लागि १८ हजार सुरक्षा तैनाथ रहने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।  

प्रहरी प्रधान कार्यालयका अनुसार साग प्रतियोगितामा नेपाल प्रहरीमात्र १० हजार ५ सय परिचालन हुनेछन् ।  

महानगरीय प्रहरी परिसर काठमाडौँबाट ४ हजार ५००, जिल्ला प्रहरी कार्यालय कास्कीबाट २ हजार, महानगरीय प्रहरी परिसर ललितपुरबाट १ हजार ४००, जिल्ला प्रहरी कार्यालय धनुषाबाट ६ सय, ट्राफिक प्रहरी ७ सय र प्रहरी प्रधान कार्यालय मातहतबाट १३ सय जना प्रहरी सागमा परिचालन हुनेछन् ।  

रंगशालामा शुक्रबार सागको उद्घाटन समारोहको रिहर्सल समेत गरिएको छ ।  

 हेर्नुहाेस् साँझमा देखिएकाे दशरथ रंगशालाकाे दृश्यहरूः

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आन्दोलनका मुद्दा फिर्ता र ‘पक्राउ नगर्ने’ मागमा सिंहदरबारमा तनाब

बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता

मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक

काल, कात्तिक १८ गते। मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक छन्। सरकारका प्रवक्ता तथा सूचना प्रविधि मन्त्री

मलेशियामा श्रमिक पठाउने कम्पनीका लागि दस सर्त

कात्तिक कार्तिक १४, काठमाडौं । मलेसिया लाभासीका श्रमिक पठाउने देश वैदेशिक व्यापार व्यवसाय कम्पनीका लागि

सुशीला कार्की नेतृत्वको सरकार खारेज गरी सर्वपक्षीय अन्तरिम सरकार गठन गर्नुपर्छ : विप्लव

कात्तिक २, काठमाडौं  ।  नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले हालको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार

सेना किन तानियो विवादमा?

आन्दोलनका क्रममा भदौ २४ गते जलाइँदै गरेको राष्ट्रपतिको कार्यालय। राष्ट्रपतिको कार्यालय जोगाउन नसक्दा आलोचना, संविधानले दिएको

नर्सका माग सम्बोधन गर्न सरकारी समिति गठन, पहिलो बैठक आजै

काठमाडौँ, कात्तिक २ गते । सरकारले नर्सिङ स्वास्थ्यकर्मीहरूको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न १४ सदस्यीय समिति