मंसिर ११, काठमाडौँ : काठमाडौँको दुई बैंकबाट किर्ते हस्ताक्षर गरेर दुई बैंकबाट १९ लाख भन्दा बढी चोरी भएको खुल्न आएको छ । काठमाडौँमा स्थित जनता बैङ्क र एनआइसी एसिया बैङ्कबाट १९ लाख ९९ हजार रुपैयाँ चोरी भएको खुल्न आएको हो ।

यस चोरीमा संलग्न ६ जनालाई समेत पक्राउ गरिसकिएको महानगरीय प्रहरी परिसरका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिएको छ । चोरी कार्यमा सबै नागरिक नेपाली भएको पाईएको र उनीहरुको नाम आज दिउँसो पत्रकार सम्मेलन गरी नाम सार्वजनिक गर्ने तयारी रहेको प्रहरीले जनाकारी दिएको छ ।
बैंकका कर्मचारीकै संलग्नता चोरी भएको हुन सक्ने आशंका प्रहरीले गरेको छ भने चोरी गरिएको रकम मध्ये १९ लाख १९ हजार रुपैयाँ बरामद भईसकिएको प्रहरीले जानकारी गराएको छ ।
प्रहरीका अनुसार चोरहरुले ‘आफ्नो चेक हराएको भन्दै किर्ते हस्ताक्षरबाट खातावालको नयाँ चेक लिने र त्यही चेकबाट रकम झिक्ने गरेको पाइएको छ । सक्कली खातावालहरुले आफ्नो खाताबाट रकम हराएर प्रहरीमा उजुरी गरेपछी उनीहरुलाई पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनाबारे अनुसन्धान भईरहेको छ ।
यसअघि बैंकिङ प्रणाली नै ह्याक गरेर करिब डेढ करोड रुपैयाँ चोरी हुँदा यस कार्यमा संलग्न ६ जना चिनियाँ नागरिक पक्राउ गरिएको थियो भने त्यसको लगतै फेरी लहानमा रहेको कृषि विकास बैंकको शाखाबाट दुई करोड रुपैयाँ चोरी भएको थियो । यी दुबै चोरी काण्डमा नेपाली एजेन्ट समातिएका थिए भने यस चोरी काण्डको मुख्य योजनाकार भने अझै पत्तो लाग्न सकेको छैन ।
चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत
अधिवक्ता: तारा निधि पन्त सरलता, आध्यात्मिकता र सामुदायिक भावनामा आधारित रहेको नेपाली संस्कृति आज
काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत
काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद