मंसिर ११, काठमाडौँ : काठमाडौँको दुई बैंकबाट किर्ते हस्ताक्षर गरेर दुई बैंकबाट १९ लाख भन्दा बढी चोरी भएको खुल्न आएको छ । काठमाडौँमा स्थित जनता बैङ्क र एनआइसी एसिया बैङ्कबाट १९ लाख ९९ हजार रुपैयाँ चोरी भएको खुल्न आएको हो ।

यस चोरीमा संलग्न ६ जनालाई समेत पक्राउ गरिसकिएको महानगरीय प्रहरी परिसरका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिएको छ । चोरी कार्यमा सबै नागरिक नेपाली भएको पाईएको र उनीहरुको नाम आज दिउँसो पत्रकार सम्मेलन गरी नाम सार्वजनिक गर्ने तयारी रहेको प्रहरीले जनाकारी दिएको छ ।
बैंकका कर्मचारीकै संलग्नता चोरी भएको हुन सक्ने आशंका प्रहरीले गरेको छ भने चोरी गरिएको रकम मध्ये १९ लाख १९ हजार रुपैयाँ बरामद भईसकिएको प्रहरीले जानकारी गराएको छ ।
प्रहरीका अनुसार चोरहरुले ‘आफ्नो चेक हराएको भन्दै किर्ते हस्ताक्षरबाट खातावालको नयाँ चेक लिने र त्यही चेकबाट रकम झिक्ने गरेको पाइएको छ । सक्कली खातावालहरुले आफ्नो खाताबाट रकम हराएर प्रहरीमा उजुरी गरेपछी उनीहरुलाई पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनाबारे अनुसन्धान भईरहेको छ ।
यसअघि बैंकिङ प्रणाली नै ह्याक गरेर करिब डेढ करोड रुपैयाँ चोरी हुँदा यस कार्यमा संलग्न ६ जना चिनियाँ नागरिक पक्राउ गरिएको थियो भने त्यसको लगतै फेरी लहानमा रहेको कृषि विकास बैंकको शाखाबाट दुई करोड रुपैयाँ चोरी भएको थियो । यी दुबै चोरी काण्डमा नेपाली एजेन्ट समातिएका थिए भने यस चोरी काण्डको मुख्य योजनाकार भने अझै पत्तो लाग्न सकेको छैन ।
माघ २,काठमाडौं । दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना
“जेनजीका नाममा भएका घटनाहरू स्वस्फूर्त होइनन् योजनाबद्ध षड्यन्त्रको परिणाम” पुस २९,काठमाडौं । जेनजी आन्दोलनका कारण
पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा
पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष
काठमाडौं, पुस २५ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एकै दिन ३३ जना नयाँ केन्द्रीय सदस्य
पुस २४, काठमाडौं । सरकारले दक्षिण कोरिया रोजगारीका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा उत्तीर्ण