काठमाडाैं, ८ मंसिर । संञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बास्कोटाले सरकारको लक्ष्य अनुसार काम गर्न नसक्ने विगागिय प्रमुखलाई बर्खास्त गर्ने संकेत गरेका छन् । आईतबार मन्त्रालयको समिक्षात्मक बैठकमा मन्त्री बाँस्कोटाले अन्तिम समयमा विभिन्न बहाना देखाउने पुरानै शैली सरकारलाई स्वीकार्य नहुने भन्दै लक्ष्य अनुसारको कार्यप्रगति देखाउन सचिव, सहसचिव तथा विभागिय प्रमुखलाई निर्देशन दिएका हुन् । उनले भौतिक, वित्तिय र पूँजीगत प्रगति हासिल गर्न नसकेका सचिव, सहसचिव र विभागिय प्रमुख लाई सरकारले लिखित स्पष्टिकरण सोध्ने चेतावनी दिए। उनले काम नगरि धेरै घुम्ने काम बन्द गर्न पनि निर्देशन दिए ।
उनले भने ‘भोली प्रधानमन्त्रीकोमा जे पेस हुन्छ त्यसपछि कुरा यसरी आउदैन । लिखित आउँछ । निर्देशन लिखित आउँछ । तपाईको जवाफ पनि लिखित चाहिन्छ ।’
उनले प्रतिवेदन बुझाएपछि काम सकियो भनि ढुक्क नबन्न पनि सचेत गराए । उनले दोश्रो चौमासिक समिक्षामा बैठकमा ६६ प्रतिशत काम नसकाएका विभागिय प्रमुखहरु अयोग्य सावित हुने बताए । उनले भने ‘६६ प्रतिशत काम नसकाएका विभागिय प्रमुखले थाहा पाउनुहोस् कि म अयोग्य छु ।’
बैठकमा संञ्चार मन्त्रालय मातहतका निकायले आफ्नो कार्यप्रगति विवरण पेश गरेका थिए ।
काठमाडौँ, साउन २७ — सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले यस वर्ष दोस्रो चरणको
मुख्यमन्त्री पाण्डे : ५० करोड बचत हुने अपेक्षा, पूर्वउपाध्यक्ष पौडेल : मन्त्री–सांसदको सुविधा पनि कटौती
धनगढी, साउन २२ – नेकपा (एमाले) सुदूरपश्चिम प्रदेशका इन्चार्ज तथा पार्टी सचिव लेखराज भट्टले पार्टी
काठमाडौँ, साउन २१ ।सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले कृत्रिम बौद्धिकता (एआई) को विकासमा नेपाल
साउन २०, २०८२ | तीनकुनेमा गत चैत १५ गते आयोजित राजावादी प्रदर्शनमा संलग्न रहेको आरोपमा पुर्पक्षका
काठमाडौं, साउन १२ – नेकपा (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग सम्बन्धित सबै प्रकारका बहस तथा