एमालेको निर्णय: विद्यादेवी भण्डारीबारे बहसमा पूर्ण रोक, झण्डामा सेतोको साटो सुनौलो रङ

काठमाडौं, साउन १२ – नेकपा (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग सम्बन्धित सबै प्रकारका बहस तथा छलफलमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ। साथै, पार्टीको झण्डामा रहेका हँसिया–हथौडाको सेतो रङलाई हटाएर सुनौलो बनाउने प्रस्ताव समेत अघि सारेको छ।

साउन ६ र ७ गते च्यासलस्थित पार्टी कार्यालयमा सम्पन्न केन्द्रीय कमिटीको नवौं बैठकका निर्णयहरू औपचारिक दस्तावेज ‘अपानि १२’ मार्फत १२ तहसम्मका संगठनहरूलाई पठाइएको छ। उक्त दस्तावेजमा अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षर छ।

भण्डारीबारे बहसमा प्रतिबन्ध

एमालेले अपानि १२ मा ‘सम्माननीय पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग सम्बन्धित बहस र विवाद केन्द्रीय कमिटीले उपयुक्त निर्णयमार्फत समाधान गरिसकेको’ भन्दै अब त्यस विषयमा कुनै पनि छलफल नगर्न स्पष्ट निर्देशन दिएको छ।

दस्तावेजमा भनिएको छ, “पछिल्लो समयमा सम्माननीय पूर्वराष्ट्रपतिका नाममा पार्टी एकतालाई कमजोर बनाउने गरी सुरु भएको बहस र विवादलाई केन्द्रीय कमिटीको नवौं बैठकले उपयुक्त निर्णय गरी समाधान गरेको छ। अब उक्त विषयमा थप छलफल र बहस गरेर पूर्वराष्ट्रपतिको गौरव, प्रतिष्ठा र सम्मानमा आँच आउने काम कसैले गर्नु हुँदैन।”

एमालेले यसबारे छुट्टै शीर्षकसहित डेढ पृष्ठ लामो व्याख्या प्रस्तुत गर्दै नेता तथा कार्यकर्तालाई सजक गराएको छ। त्यसमा भनिएको छ, नेपालको संविधानले पूर्वराष्ट्रपतिलाई दलगत राजनीतिमा फर्कने स्पष्ट व्यवस्था नगरेको र उनीहरूको भूमिका राष्ट्रका गौरवका रूपमा सीमित रहनुपर्ने उल्लेख गरिएको छ।

भण्डारीको सदस्यता नवीकरण रोकिएको

अध्यक्ष ओलीद्वारा जारी दस्तावेज अनुसार भण्डारीको पार्टी सदस्यता नवीकरण प्रक्रिया “मिलेको छैन, त्यसैले सदर हुँदैन” भनिएको छ। एमालेले एक राष्ट्रपति पदमा पुगेको व्यक्तिलाई पुनः “सामान्य कार्यकर्ता” बनाउने अभ्यास उचित नहुने ठहर गरेको छ।

एमालेका अनुसार, “पूर्वराष्ट्रपति सम्मानपूर्वक राष्ट्रको ‘गणतन्त्र गौरव’ भएर बस्नुपर्दछ। उहाँ राष्ट्रको गहना हो। हाम्रो पनि गहना हो।” भण्डारीलाई गत वर्ष ‘गणतन्त्र गौरव’ को उपाधि सहित पार्टीको हीरक वर्ष समारोहमा सम्मान गरिएको पनि स्मरण गराइएको छ।

झण्डाको रंग परिवर्तन

पार्टी झण्डामा उल्लेख्य परिवर्तन गर्ने तयारीसहित एमालेले हँसिया–हथौडा अंकित सेतो रङलाई हटाएर सुनौलो रङ राख्ने प्रस्ताव अगाडि सारेको छ। अहिले झण्डामा रातो पृष्ठभूमिमा सेतो रंगको हँसिया–हथौडा छ, जुन आगामी विधान महाधिवेशनमार्फत सुनौलो रङमा परिवर्तन गरिनेछ।

विधान संशोधन प्रस्तावहरू

आगामी विधान महाधिवेशनलाई लक्षित गर्दै एमालेले निम्नलिखित महत्वपूर्ण संशोधन प्रस्तावहरू पनि अघि सारेको छः

  • पार्टी नेतृत्वमा ७० वर्ष उमेर हद हटाउने

  • कार्यकाल सीमाको व्यवस्था हटाउने

  • पदाधिकारी संख्या घटाउने र पार्टी सदस्यता दुई किसिमको बनाउने

  • १५ सदस्यीय पदाधिकारी र २५१ सदस्यीय केन्द्रीय कमिटी बनाउने प्रस्ताव

यी संशोधनहरूले पार्टी संरचनालाई सुदृढ बनाउने र भविष्यका राजनीतिक चुनौतीहरूलाई सामाना गर्न रणनीतिक क्षमता अभिवृद्धि गर्ने उद्देश्य राखिएको एमालेले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सरकारद्वारा ६ दलको साझा घोषणापत्र समेटिएको ‘राष्ट्रिय प्रतिबद्धतापत्र’ सार्वजनिक, ५ वर्षमा १५ लाख रोजगारी लक्ष्य(पुर्णपाठ )

बैशाख १, २०८३, काठमाडौं । बालेन्द्र शाह नेतृत्वको सरकारले ६ वटा राजनीतिक दलका घोषणापत्र समेट्दै

ट्रेड युनियनको व्यवस्थापन कसरी ?

सरकार या व्यवस्थापनसमक्ष श्रमिक कर्मचारीका तर्फबाट सामूहिक सौदाबाजी आधिकारिक ट्रेड युनियनले मात्र गर्न पाउँछ राष्ट्रिय

उद्योगमा गौरी कुमारी, श्रममा रामजी यादव नियुक्त

चैत २७, काठमाडौं। प्रधानमन्त्री बालेन शाह ले मन्त्रिपरिषद् विस्तार गर्दै उद्योग तथा श्रम मन्त्रालयमा दुई

लाइसेन्स छपाइ तीव्र, दैनिक ४० हजारसम्म उत्पादन

  चैत २७,काठमाडौँ।  सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छपाइ कार्यलाई तीव्रता दिइएको छ। लामो समयदेखि थन्किएका लाइसेन्स

श्रममन्त्री साह बर्खास्त

चैत २६, काठमाडौं । प्रधानमन्त्री बालेन शाह ले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साह

मापदण्डविपरीत शुल्क फिर्ता नगरे निजी विद्यालयमाथि कारबाही हुने

  चैत २५, काठमाडौं ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मापदण्डविपरीत शुल्क असुली गरेका निजी