
मंसिर ६, सिरहा । शुक्रबार बिहान जिल्ला मालपोत कार्यालय, सिराहाका प्रमुख घुससहित रंगेहात पक्राउ परेका छन् । ५ लाख रुपैयाँ घुस लिदैँ गरेको अवस्थामा त्यस कार्यालयका प्रमुख रामबाबु मण्डललाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासले जनाएको छ ।
सुकुम्बासीको नाममा आएको जग्गाको विषयमा उच्च अदालत, विराटनगरले प्रमाण माग गरेपछि सेवाग्राहीले मालपोत कार्यालयमा त्यससम्बन्धी कागज माग गर्दा सो कागज दिए बापत ५ लाख मागेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख सह–सचिव नारायणप्रसाद सापकोटाले जानकारी दिएका छन् ।
पक्राउ परेका मण्डलमाथी कारवाहीको लागि अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
माघ २,काठमाडौं । दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना
“जेनजीका नाममा भएका घटनाहरू स्वस्फूर्त होइनन् योजनाबद्ध षड्यन्त्रको परिणाम” पुस २९,काठमाडौं । जेनजी आन्दोलनका कारण
पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा
पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष
काठमाडौं, पुस २५ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एकै दिन ३३ जना नयाँ केन्द्रीय सदस्य
पुस २४, काठमाडौं । सरकारले दक्षिण कोरिया रोजगारीका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा उत्तीर्ण