November 21, 2019

 देशभर नेकपाले उपनिर्वाचन जित्दैछ :वामदेव

मंसिर ५, भक्तपुर । नेपाल कम्युनिस्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमले मंसिर १४ गते हुने उपनिर्वाचनमा देशभर नेकपाले जित्ने दाबी गरेका छन् ।विकास र समृद्धिको नेतृत्व नेकपाले गर्ने भन्दै उनले सूर्य चिह्नमा मतदान गर्न आग्रह समेत गरे ।भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ को (ख) मा हुन गइरहेको प्रदेशसभा निर्वाचनमा नेकपाका उम्मेदवार डीपी ढकालको चुनावी घरदैलो कार्यक्रमलाई चाँगुनारायण नगरपालिका वडा नम्बर ७ मा सम्बोधन गर्दै नेता गौतमले समृद्धिको नेतृत्व  नेकपाले गर्ने बताएका हुन् ।

‘देशभर नेकपाले चुनाव जित्दैछ, भक्तपुरमा विकास र समृद्धिको कुरा नेकपाले पूरा गर्छ,’ गौतमले भने, ‘डीपी ढकाललई भोट दिएर जिताउने जिम्मा तपाईंहरूको, उहाँले अगाडि सारेका योजना पूरा गर्ने जिम्मा नेकपाको ।’

 

प्रतिनिधि सभाका सांसद महेश बस्नेत र प्रदेश सभामा जितेर गएपछि डीपी ढकाल समेत मिलेर यस निर्वाचन क्षेत्रलाई नमूना बनाउने विश्वास गौतमले लिए ।कात्तिक २१ गते ढकालको उम्मेदवारी मनोनयनमा पनि गौतम उपस्थित भएर भक्तपुरमा नेकपाको जित सुनिश्चित भएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

घण्टीघर पुगेर बालेनले बजाए पार्टी चिह्न ‘घण्टी’

माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र

कुन कांग्रेस आधिकारिक ? विवाद निर्वाचन आयोगमा, सुरु भयो कागजी ‘युद्ध’

 माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०

अर्को साता मौसमी प्रणाली सक्रिय हुने संकेत, वर्षाको सम्भावना देखियो

 माघ २,काठमाडौं ।  दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ३ बजेसम्म १ हजार ७ सयभन्दा बढी प्रतिनिधिले गरे नाम दर्ता

पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष

इपीएस परीक्षा पास गरेका उम्मेदवारको पक्षमा श्रम मन्त्रालयका तीन निर्णय

पुस २४, काठमाडौं । सरकारले दक्षिण कोरिया रोजगारीका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा उत्तीर्ण

अण्डाको मूल्य घट्यो

चितवन, पुस २१ गते । क्रमशः अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले फार्महरूसँग