November 21, 2019

सिंहदरबारबाट  ट्याक्सीमा  घर फर्किए गोकर्ण विष्ट 

मंसिर ५ ,काठमाडौं । मन्त्रीमण्डल पुनर्गठन भएपछि मन्त्रीबाट बाहिरिएका निवर्तमान श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट बिहीबार सिंहदरबारबाट ट्याक्सी चढेर घर फर्किएका छन्।

बिहीबार नवनियुक्त श्रममन्त्री रामेश्वर राय यादवलाई बधाई तथा शुभकामना दिन सिंहदरबार पुगेका निवर्तमान मन्त्री विष्ट ट्याक्सी चढेर घर फर्किएका हुन्। उनी नवनियुक्त श्रममन्त्री यादवलाई बधाई तथा शुभकामना दिएर सिंहदरबारको दक्षिण गेटसम्म पैदल आएक थिए। त्यहाँबाट गुडिरहेको ट्याक्सी रोकेर आफ्नो घर सामाखुशीतर्फ लागेका हुन्।

निवर्तमान मन्त्री विष्टले मन्त्री हुँदा लिएको सरकारी गाडी बिहीबार बिहानै फिर्ता गरेका थिए। बुधबार मन्त्रिपरिषद पुनर्गठन गर्दा ऐतिहासिक काम गर्ने मन्त्री विष्ट भने बर्खास्त भएका थिए। उनले विहिबार बिहान अन्तीम पत्रकार सम्मेलन राख्दै निकै भावुक वक्तव्य दिएका थिए।

सम्मेलनमा बोल्दै उनले आफूले वैदेशिक रोजगारीको नाममा ठगीमा परेका युवाहरु, पसिनाको मूल्य नपाएका श्रमिक र बेरोजगार युवाको पक्षमा इमान्दारीपूर्वक ज्यामी माहुरीले जस्तै काम गर्ने प्रयास गरेको उल्लेख गरेका थिए।

उनले थप उर्जा र प्रेरणाका साथ मन्त्रीबाट बाहिरिएको उल्लेख गर्दै भने, ‘मन्त्रीका रुपमा काम गर्ने अवसर प्रदान गर्ने सम्माननीय प्रधानमन्त्रीज्यूप्रति कृतज्ञ छु। सुधार अभियानमा साथ दिने सहयोगी, शुभचिन्तक एवं सबै दाजुभाइ, दिदीबहिनीहरुलाई हार्दिक धन्यवाद।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

युद्ध अन्त्यका लागि इरानका तीन शर्त

तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष: प्रतिनिधिसभा निर्वाचनका सबै तयारी पूरा

काठमाडौं, फागुन २० — राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढंगबाट सम्पन्न

ओलीको अपिल: राष्ट्रको पक्षमा स्पष्ट निर्णय लिन मतदातालाई आग्रह

काठमाडौं, फागुन १७ — केपी शर्मा ओलीले मतदातालाई देशको पक्षमा स्पष्ट निर्णय लिन आग्रह गरेका

सबै जिम्मेवार नबने भदौ २४ जस्तो घटना दोहोरिन सक्छ : प्रचण्ड

१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन

आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका छ: केपी शर्मा ओली

विराटनगर, फागुन १५ । केपी शर्मा ओलीले आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका व्यक्त गरेका