
मंसिर ५, काठमाडौँ । बिहीबार बिहान सपथ ग्रहण गरेका नवनियुक्त कृषि तथा पशुपक्षी विकास मन्त्री घनश्याम भुसालले आफू लोभ र डरमा काम नगर्ने बताए ।
बिहिबार उनले शीतलनिवासमा सपथ ग्रहण गर्ने कार्यक्रम सम्पन्न भएपछी सिंहदरबारमा पद ग्रहण गर्दै यस्तो बताएका हुन् । उनले भने ‘म लोभ र डरमा काम गर्दिनँ । म सिक्दै बुझ्दै काम गर्छु । कृषि क्षेत्रमा आधुनिकीकरणको प्रयास गर्छु ।’
उनले देशको समग्र र सर्वपक्षीय विकासका लागि कृषि क्षेत्रको भूमिका महत्वपूर्ण हुने भएकाले आफ्ना लागि कृषि मन्त्रालयको जिम्मेवारी उपयुक्त रहेको पनि उनले जनाउनुकाे साथै आफूले इमान्दारिताका साथ कृषिमन्त्रीको रुपमा कार्यसम्पादन गर्ने गर्ने पनि प्रतिबद्धता गरे ।
उनलाई बधाई र कार्यकालको शुभकामना दिन मन्त्रालय पुगेका निवर्तमान कृषिमन्त्री चक्रपाणि खनालले हात मिलाउदैँ अंकमाल गरेर बधाई दिएका थिए ।
काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत
माघ २,काठमाडौं । दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना
“जेनजीका नाममा भएका घटनाहरू स्वस्फूर्त होइनन् योजनाबद्ध षड्यन्त्रको परिणाम” पुस २९,काठमाडौं । जेनजी आन्दोलनका कारण
पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा
पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष
काठमाडौं, पुस २५ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एकै दिन ३३ जना नयाँ केन्द्रीय सदस्य