मंसिर २, काठमाडौँ : सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा माथिल्लो त्रिशूली थ्री-ए जलविद्युत् आयोजना उदघाटन गरिएको छ ।

प्रधानमन्त्री ओलीले सिंहदरबारमा रहेको आफ्नो कार्यालयको एक्सन रुमको स्विच अन गरेर रसुवा र नुवाकोटमा निर्माण भएको ६० मेघावाटको माथिल्लो त्रिशूली थ्री ए जलविद्युत आयोजना उद्घाटन गरेका हुन् ।
प्रधानमन्त्री ओलीले सिंहदरबारबाट र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले आयोजनास्थल नुवाकोटको किस्पाङ गाउँपालिका-५ सिम्लेमा एकैचोटी उदघाटन गरेका हुन् । आयोजनाको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले विद्युत आयोजना निर्माण कार्यमा संलग्न सबैप्रति आभार प्रकट समेत गरेका छन् ।
आयोजनाको पहिलो र दोस्रो युनिट (३०/३० मेगावाट)बाट क्रमशः गत ३ जेठ र १७ साउनबाट परीक्षण उत्पादन सुरु गरिएकाे थियाे । आज उद्घाटन भएसँगै आयोजनाबाट व्यवसायिक रुपमा विद्युत् उत्पादन सुरु गरिएकाे छ।
नेपाल विद्युत प्राधिकरणका अनुसार प्रधानमन्त्री ओलीले उद्घाटन गरेको सो आयोजनाले दिनमा १४ लाख ४० हजार युनिट बिजुली उत्पादन गर्न सक्ने क्षमता रहेको छ ।
उद्घाटन गरिएको आयोजनाले देशभित्र खपत हुने ऊर्जामा करिब ७ प्रतिशतको योगदान दिने बतार्ईएको छ । यसबाट कुलेखानी जलाशयको पानी वचत गर्न र आयातीत विद्युत्को परिमाण घटाउन सहयोग पुग्ने छ।
माघ २,काठमाडौं । दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना
“जेनजीका नाममा भएका घटनाहरू स्वस्फूर्त होइनन् योजनाबद्ध षड्यन्त्रको परिणाम” पुस २९,काठमाडौं । जेनजी आन्दोलनका कारण
पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा
पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष
काठमाडौं, पुस २५ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एकै दिन ३३ जना नयाँ केन्द्रीय सदस्य
पुस २४, काठमाडौं । सरकारले दक्षिण कोरिया रोजगारीका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा उत्तीर्ण