
मंसिर १, एजेन्सी । यूएईमा जारी टी–१० क्रिकेटमा नेपाली क्रिकेटर सन्दीप लामिछाने आवद्ध कर्नाटका टसकर्स दिल्ली बुल्सलाई पराजित गर्दै विजयी भएको छ । कर्नाटकाले दिएको १११ रनको लक्ष्य पछयाएको दिल्ली बुल्सले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै ९१ रन मात्रै जोडेको बुल्सका लागि एन्जोलो म्याथ्यूजले ३१ तथा इयोन मोर्गानले २१ रन बनाएका थिए ।
टी– १० को पहिलो खेलमै टिममा परेका नपाली क्रिकेटर सन्दीपले दिल्ली बुल्सविरुद्ध आफ्नो पहिलो ओभरमै विकेट लिन सफल भएका थिए । १११ रनको लक्ष्य पछ्याएको दिल्लीका मोहम्मद उस्मानलाई ८ रन बनाएपछि सन्दीपले आउट गरिदिएका थिए ।
टी १० मा एक खेलाडीले २ ओभर मात्रै बलिङ गर्ने नियम अनुसार उनले आफ्नो स्पेलमा १९ रन खर्चिएर एक विकेट हात पारे । टस हारेर पहिला ब्याटिङ सुरु गरको कर्नाटकाले निर्धारित १० ओभरको खेलमा ४ विकेट गुमाएर ११० रन बनाएको थियो ।
कर्नाटकाका लागि उपुल थरंगाले ४८ रन बनाउँदा शफीकुल्ला शफीकले ३४ रन बनाए ।दिल्लीका लागि रवि रामपौलले दुई तथा डेभिड वेली र दुशमन्था चमिराले एक एक विकेट लिए ।
भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति
चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत
अधिवक्ता: तारा निधि पन्त सरलता, आध्यात्मिकता र सामुदायिक भावनामा आधारित रहेको नेपाली संस्कृति आज
काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत
काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’