डडेल्धुरा । केही दिनयता डडेल्धुरा सदरमुकाममा प्याजको मूल्य ह्वात्तै वृद्धि भएको छ । प्याजको मूल्य आकाशिएसँगै यहाँका उपभोक्ता मारमा परेका छन् । सदरमुकाममा प्याज प्रतिकिलो रु २०० मा बिक्री भइरहेको छ ।
प्याजको मूल्य बढेसँगै अहिले बजारमा माग घट्दै गएको डडेल्धुरा सदरमुकाम अमरगढी पोखराका एक व्यापारी खगेन्द्र जोशीले जानकारी दिए । प्याजको मूल्य वृद्धि भएसँगै कतिपय पसलमा प्याज पाउनै मुस्किल हुने गरेको छ । प्रतिकिलो रु ५० मा बिक्री भइरहेको प्याज एक्कासी रु २०० पुगेको स्थानीयवासी इन्दिरा ताम्राकार बताए ।
भारतबाट प्याजको आयात कम भएको र यहाँ पनि प्याज उत्पादनमा आएको कमीले नेपाली बजारमा प्रत्यक्ष असर परेको व्यापारीहरुले बताउँदै आएका छन् । भारतमा ढिलो गरी शुरु भएको मनसुन र लगातारको वर्षाले खेती नष्ट भएपछि प्याजको मूल्यवृद्धि भएको देखिन्छ । रासस
माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र
काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत
माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०
माघ २,काठमाडौं । दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना
पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा
पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष