November 7, 2019

तीन दिनदेखी जारी आलमको बयान सकियो

Image result for मोहम्मद अफताव आलम

कार्तिक २०, रौतहट । तीन दिनदेखि जारी नेपाली कां‌ग्रेसका नेता तथा सांसद मोहम्मद अफताव आलमको बयान बिहिबार सकिएको छ । न्यायाधीश दीपक ढकालको इजलासमा आज जिल्ला अदाललत रौतहटमा उनको बयान सकिएको हो ।

अदालतमा बयान सकिएसँगै अव उनको थुनछेक बहस चल्नेछ । जसमा आलमको पक्ष र विपक्षमा कानुन व्यवसायीहरुले बहस गर्नेछन् ।

आलमलाई जम्मा ५१ बटा प्रश्न सोधिएको थियो । बयानको क्रममा आज अदालतमा पेश भएको तेस्रो दिन उनलाई ज्यान मार्ने उद्योग र बम विष्फोट सम्बन्धी कसुरबारे प्रश्न सोधिएको थियो । जसमा उनले अधिकांश प्रश्नको  इन्कारी जवाफ दिएका दिएका छन् ।

१२ वर्ष अघि बम विष्फोटको घटनामा घाइते भएकाहरुलाई इँटाभट्टामा जिउँदै जलाएर हत्या गरेको अभियोगमा उनलाई  असोज २६ गते प्रहरीले  पक्राउ  गरिएकाे थियाे। यस अभियोगमा उनीमाथी जिल्ला सरकारी वकिल कार्यालयले तीनवटा मुद्दा दर्ता गराएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र