महरालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश

krishna-bd-mahara

१८ कात्तिक, काठमाडौं । बलात्कार प्रयासको आरोपमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलाशले महराले कसुर नगरेको भनी इन्कार दिएपनि तत्काल प्राप्त प्रमाणका आधारमा कसुरदार देखिएको भन्दै उनलाई मुद्दाको पुर्पक्ष गर्न डिल्लीबजार कारागार चलान गर्ने आदेश दिएका हुन् ।

आइतबार र सोमबार वादी तथा प्रतिवादीको तर्फबाट भएको बहसपछि सोमबार बेलुका न्यायाधीश पाण्डेले यस्तो आदेश दिएका हुन् ।

आदेशको विवरण यस्तो छ :
‘मुद्दा अनुसन्धानको क्रममा गराएको मौका तहकिकात सर्जमिन मुचुल्का लगायतका कागजातलाई मुद्दाको पुर्पक्ष गर्दा थुनछेक आदेश गर्ने प्रयोजनका लागि प्रमाणमा लिन सकिने भएकाले पीडितले दिएको जाहेरी दरखास्त, घटनास्थल प्रकृति मुचुल्का, पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदन तथा अनुसन्धानको क्रममा कागज गर्ने व्यक्तिहरुको घटना विवरण कागज, अनुसन्धान अधिकारीको प्रतिवेदन बेहोरा तथा पीडितले प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीसमेतको प्रहरी टोलीसमक्ष र हाम्रोकुरा डटकमका प्रधान सम्पादकसमक्ष वारदातका सम्बन्धमा बताएको विवरण र खिचिएको भिडियोमा उल्लेख गरेको बेहोरा समेतको तत्काल प्राप्त प्रमाणको आधारमा यी प्रतिवादीले आरोपित कसुर नगरेको भनी अहिले नै निष्कर्षमा पुग्न मिल्ने देखिएन । माथि उल्लेखित गरिएको आधार र कारणबाट संघीय संसदको सम्माननीय सभामुखजस्तो गरिमामय पदमा आसिन प्रतिवादी कृष्णबहादुर महराले आफ्नै कार्यालयमा कार्यरत पीडितलाई जबरजस्ती करणीको उद्योगजस्तो गम्भीर प्रकृतिको कसुर गरेको भनी निजउपर लगाइएको अभियोग, उक्त अभियोग प्रमाणित भएको अवस्थामा कानुन बमोजिम निज प्रतिवादीलाई हुनसक्ने सजायको मात्रा तथा मुलुकी फौजदारी कार्याविधि संहिता, २०७४ को दफा ६७ मा भएको कानुनी व्यवस्था समेतको आधारमा पछि प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने गरी हाल निज प्रतिवादीलाई प्रस्तुत मुद्दा पुर्पक्षका लागि थुनामा राख्न उक्त संहिताको दफा ८० बमोजिमको थुनुवा पुर्जी दिई कारागार कार्यालय डिल्लीबजारमा पठाइदिनु भनी मुलुकी फौजदारी कार्याविधि संहिता, २०७४ को दफा ७९ बमोजिम गरिदिएँ ।’

अदालतको आदेशसँगै आरोपित कृष्ण बहादुर महरालाई पुर्पक्षका लागि कारागार कार्यालय डिल्लीबजार चलान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

भोटेकोशी बाढीमा बेपत्ता मृत घोषणा गर्ने प्रक्रिया सुरु, राहत भने अझै अलपत्र

कार्तिक ११, काठमाडौँ । गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीमा परी

अर्थमन्त्री वाग्लेको दिल्ली अभिव्यक्तिले नेपालमा बढायो कूटनीतिक विवाद

कार्तिक १०, काठमाडौँ । नयाँदिल्लीमा आयोजित एक अन्तर्राष्ट्रिय सम्मेलनमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिएको अभिव्यक्तिलाई लिएर

साइबर जोखिमले सरकारी वेबसाइट बन्द

२०८३ कार्तिक ८, काठमाडौं । पीएचपी प्रोग्रामिङ भाषामा सुरक्षा कमजोरी भेटिएपछि नेपालका अधिकांश सरकारी वेबसाइट

बंगालको खाडीको न्यून चापीय प्रणालीको प्रभाव: बिहीबारदेखि वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह

८ कार्तिक २०८३, आइतबार,काठमाडौं। बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका विभिन्न

बैंक खातामा राष्ट्रिय परिचयपत्रको ‘बाध्यकारी’ नियम बदर: सर्वोच्चको ऐतिहासिक फैसला र यसका दूरगामी प्रभाव

२९ असोज २०८३, काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक खाता खोल्न, केवाईसी अद्यावधिक गर्न तथा

मानव अधिकार परिषद्मा नेपाल निर्वाचित, एसिया–प्रशान्त क्षेत्रबाट सर्वाधिक १७३ मत

असोज २८, काठमाडौं । नेपाल संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को सन् २०२७–२०२९ कार्यकालका लागि सदस्यमा