November 1, 2019

महरा प्रकरणः थुनछेक बहस आइतबार मात्रै, अदालतमा के भने ?

कार्तिक १५, काठमाडौं । जबरजस्ती करणी अभियोगमा मुद्दा खेपिरहेका निवर्तमान सभामुख कृष्णबहादुर महराले अदालतमा बयान दिँदै आरोप लगाउने रोशनी शाहीको घरमा नगएको दाबी गरेका छन् ।  

संसद सचिवालयकी कर्मचारी शाहीले बलात्कार आरोप लगाएपछि गएको असोज १९ गते पक्राउ परेका महराले शाहीको कोठामा आफू नगएको दाबी गरेका हुन् ।  

बिहीबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले करणी उद्योगमा मुद्दा दर्ता गरेको थियो । सोही मुद्दामा शुक्रबार अदालतमा बयान दिँदै महराले अदालतमा शाहीको कोठामा आफू नगएको दाबी गरेका हुन् ।  

काठमाडौँ जिल्ला अदालतका प्रमुख न्यायाधीश सुदर्शन राज पाण्डेको इजलाशमा जारी बयानमा उनले शाहीसँग विगतदेखि नै पारिवारिक सम्बन्ध रहेको दावी गर्दै त्यस दिन फोनमा कुराकानी भएको तर आफू उनको कोठामा प्रवेश नगरेको जिकिर गरेका हुन् ।  

महराले शाहीको किटानी जाहेरीमा सत्यता नभएको र आफूलाई फसाउन षड्यन्त्र गरिएको पनि बयानमा दाबी गरेको बताइएको छ । शाहीले किटानीमा उल्लेख गरेको दिन आफूले मदिरा पनि सेवन नगरेको पनि बताएका छन् ।  

महराको बयान सकिएको छैन । उनलाई पुनः थुनामै लैजाने तयारी छ । आइतबार मात्रै थुनछेक बहस हुने अदालत स्रोतले जानकारी दिएको छ । सो बहसपछि महरालाई थुनामै राखेर अनुसन्धान गर्ने या धरौटीमा रिहा गरेर अनुसन्धान अघि बढाउने भन्नेबारे अदालतले आदेश जारी गर्नेछ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

सबै जिम्मेवार नबने भदौ २४ जस्तो घटना दोहोरिन सक्छ : प्रचण्ड

१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

गगन थापाको बालेन शाहप्रति कटाक्ष: “कसैलाई घोक्राएर सडक समयमा बन्दैन”

फागुन ८, काठमाडौं । गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहप्रति कटाक्ष गर्दै

उम्मेदवार छनोटमा आर्थिक घोटाला भएकाले रास्वपामा बस्न सकिनँ’:प्रणयशमशेर राणा

फागुन १, २०८२, काठमाडौं।  पूर्व उम्मेदवार प्रणयशमशेर राणाले उम्मेदवार छनोट प्रक्रियामा आर्थिक अनियमितता र आन्तरिक

घण्टीघर पुगेर बालेनले बजाए पार्टी चिह्न ‘घण्टी’

माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र