October 23, 2019

धरौटीको सुन फिर्ता नदिई ठगी, अदालतबाट धरौटीमा रिहा

धरौटीको सुन फिर्ता नदिई ठगी, अदालतबाट धरौटीमा रिहाविराटनगर । मोरङको बुढीगंगा गाउँपालिकाका ११ जनाले धरौटीमा राखेको सुन लिई ज्वेलर्स सञ्चालकबाट फिर्ता गराइदिन पीडितले माग गरेका छन् । जिल्ला अदालत मोरङले पीडकलाई धरौटीमा छाडेपछि आफूहरुको सम्पत्ति डुब्ने अवस्था भएको पीडितको गुनासो छ । 

बुढीगंगा गाउँपालिका २ स्थित गणेशलक्ष्मी ज्वेलर्सका सञ्चालक जितेन्द्र साहलाई गत असोज १० अदालतले रु. २ लाख ५० हजार धरौटीमा रिहा गरिदिएको थियो । तर, सम्पत्तिको मूल्य रु. १० लाख रहेको पीडितले बताएका छन् । साह धरौटीमा छुटेपछि सुन फिर्ता पाउने वा नपाउने भन्ने झन् अन्योल भएको पीडितको गुनासो गरेका छन् । 

उनीरुले बुधबार विराटनगरमा पत्रकार सम्मेलन गरी आफ्नो सम्पत्ति डुब्न लागेको भन्दै सहयोगका लागि प्रेसजगतलाई समेत आग्रह गरेका छन् । पीडितमध्येकी नन्दाशर्मा नेपालले भनिन्, ‘‘मैले ६ तोला सुन धरौटीमा राखेकी थिएँ तर ज्वेलर्स सञ्चालक नै भागेपछि सम्पत्ति डुब्ने अवस्था आएको छ ।’’ नेपालले अदालतले हिरासतमा राखेर कारवाही प्रक्रिया अघि बढाइदिएको भए राम्रो हुने आफूहरुको ठहर रहेको सुनाइन् ।

पीडित आशा गुरुङले आफूले राखेको भन्दा कम परिमाणमा सुनको विवरण साहले जिल्ला सरकारी वकिलको कार्यालयले गरेको बयानमा उल्लेख भएको पाउँदा आफू छक्क परेको बताइन् । भनिन्, ‘‘हामीले अदालतले थुनामा राखेर सम्पत्ति उठाइदेला भन्ने सोचेका थियौं तर साहलाई छाडिदिएछ ।’’ उमेश रायले आफ्नी श्रीमती द्रोपती यादवले धितोमा सुन राखेको तर संचालक नै बेपत्ता भएपछि तनाव भएको सुनाए । साहले स्थानीय धरौटीमा राखेको सुन फिर्ता नदिई फरार भएपछि धनकुटाबाट पक्राउ गरी जिल्ला प्रहरी मोरङमा ल्याएर पीडितले नै बुझाएका थिए । 

साहबाट दीपा तिम्सिना, कल्पना साह, अस्मिता भूजेल, खड्ग कुमार श्रेष्ठ, सिद्धिलाल चौधरी, आशा गुरुङ, नन्दा शर्मा नेपाल, सुमित्रा चौधरी, राधा राजवंशीलगायत ११ जना ठगीमा परेका छन् । उनीहरुले संयुक्त रुपमा किटानी जाहेरी दरखास्त दिएपछि साहलाई प्रहरीले मुद्दा चलाएको थियो । 

ज्वेलर्स संचालकले आफ्नै घरभेटीलाई समेत घरभाडा नदिई ठगी गरेको खुल्न आएको छ । उनले श्रेष्ठसँग  १ लाख ४० हजार लिन नक्कली सुनको गहना राखेको समेत बयानमा लेखाएका छन् । पीडितले आफूहरुको सुन फिर्ता हुनुपर्ने माग गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

घण्टीघर पुगेर बालेनले बजाए पार्टी चिह्न ‘घण्टी’

माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र

कुन कांग्रेस आधिकारिक ? विवाद निर्वाचन आयोगमा, सुरु भयो कागजी ‘युद्ध’

 माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०

अर्को साता मौसमी प्रणाली सक्रिय हुने संकेत, वर्षाको सम्भावना देखियो

 माघ २,काठमाडौं ।  दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ३ बजेसम्म १ हजार ७ सयभन्दा बढी प्रतिनिधिले गरे नाम दर्ता

पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष

इपीएस परीक्षा पास गरेका उम्मेदवारको पक्षमा श्रम मन्त्रालयका तीन निर्णय

पुस २४, काठमाडौं । सरकारले दक्षिण कोरिया रोजगारीका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा उत्तीर्ण

अण्डाको मूल्य घट्यो

चितवन, पुस २१ गते । क्रमशः अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले फार्महरूसँग