October 23, 2019

धरौटीको सुन फिर्ता नदिई ठगी, अदालतबाट धरौटीमा रिहा

धरौटीको सुन फिर्ता नदिई ठगी, अदालतबाट धरौटीमा रिहाविराटनगर । मोरङको बुढीगंगा गाउँपालिकाका ११ जनाले धरौटीमा राखेको सुन लिई ज्वेलर्स सञ्चालकबाट फिर्ता गराइदिन पीडितले माग गरेका छन् । जिल्ला अदालत मोरङले पीडकलाई धरौटीमा छाडेपछि आफूहरुको सम्पत्ति डुब्ने अवस्था भएको पीडितको गुनासो छ । 

बुढीगंगा गाउँपालिका २ स्थित गणेशलक्ष्मी ज्वेलर्सका सञ्चालक जितेन्द्र साहलाई गत असोज १० अदालतले रु. २ लाख ५० हजार धरौटीमा रिहा गरिदिएको थियो । तर, सम्पत्तिको मूल्य रु. १० लाख रहेको पीडितले बताएका छन् । साह धरौटीमा छुटेपछि सुन फिर्ता पाउने वा नपाउने भन्ने झन् अन्योल भएको पीडितको गुनासो गरेका छन् । 

उनीरुले बुधबार विराटनगरमा पत्रकार सम्मेलन गरी आफ्नो सम्पत्ति डुब्न लागेको भन्दै सहयोगका लागि प्रेसजगतलाई समेत आग्रह गरेका छन् । पीडितमध्येकी नन्दाशर्मा नेपालले भनिन्, ‘‘मैले ६ तोला सुन धरौटीमा राखेकी थिएँ तर ज्वेलर्स सञ्चालक नै भागेपछि सम्पत्ति डुब्ने अवस्था आएको छ ।’’ नेपालले अदालतले हिरासतमा राखेर कारवाही प्रक्रिया अघि बढाइदिएको भए राम्रो हुने आफूहरुको ठहर रहेको सुनाइन् ।

पीडित आशा गुरुङले आफूले राखेको भन्दा कम परिमाणमा सुनको विवरण साहले जिल्ला सरकारी वकिलको कार्यालयले गरेको बयानमा उल्लेख भएको पाउँदा आफू छक्क परेको बताइन् । भनिन्, ‘‘हामीले अदालतले थुनामा राखेर सम्पत्ति उठाइदेला भन्ने सोचेका थियौं तर साहलाई छाडिदिएछ ।’’ उमेश रायले आफ्नी श्रीमती द्रोपती यादवले धितोमा सुन राखेको तर संचालक नै बेपत्ता भएपछि तनाव भएको सुनाए । साहले स्थानीय धरौटीमा राखेको सुन फिर्ता नदिई फरार भएपछि धनकुटाबाट पक्राउ गरी जिल्ला प्रहरी मोरङमा ल्याएर पीडितले नै बुझाएका थिए । 

साहबाट दीपा तिम्सिना, कल्पना साह, अस्मिता भूजेल, खड्ग कुमार श्रेष्ठ, सिद्धिलाल चौधरी, आशा गुरुङ, नन्दा शर्मा नेपाल, सुमित्रा चौधरी, राधा राजवंशीलगायत ११ जना ठगीमा परेका छन् । उनीहरुले संयुक्त रुपमा किटानी जाहेरी दरखास्त दिएपछि साहलाई प्रहरीले मुद्दा चलाएको थियो । 

ज्वेलर्स संचालकले आफ्नै घरभेटीलाई समेत घरभाडा नदिई ठगी गरेको खुल्न आएको छ । उनले श्रेष्ठसँग  १ लाख ४० हजार लिन नक्कली सुनको गहना राखेको समेत बयानमा लेखाएका छन् । पीडितले आफूहरुको सुन फिर्ता हुनुपर्ने माग गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र