
कार्तिक ३, काठमाडौँ । संसद सचिवालयकी महिला कर्मचारीमाथी यौन दुर्व्यवहार गरेको आरोप लागेका पूर्व सभामुख कृष्णबहादुर महराको बयान सुरु भएको छ ।
यसअघि गएको असोज २८ गते काठमाडौँ जिल्ला अदालतले महरालाई तीन दिन दिन म्याद थप गरी हिरासतमा राखी अनुसन्धान गर्न अनुमती दिएको थियो ।
तीन दिन म्याद थप भए पनि महराले बयान दिन नमानेपछि अनुसन्धानका लागि पुनः म्याद थप गर्ने प्रक्रियाका लागि महरालाई प्रहरीले आइतबार बिहान ११ बजेतिर जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँ लगिएकाे हाे । त्यहाँको बयान सकिएपछी महरालाई पुनः म्याद थपका लागि काठमाडौँ जिल्ला अदालत लगिने उनका वकिल मुरारी सापकोटाले जानकारी दिएका छन् ।
प्रहरीले महरालाई संसद सचिवालयमा कार्यरत महिला कर्मचारी रोश्नी शाहीमाथी यौन दुर्व्यवहार गरेको आरोपमा असोज १९ गते बेलुका सभामुख निवास बालुवाटारबाट पक्राउ गरेको थियो । आफूलाई यौन दुर्व्यवहारको आरोप लागेपछी महराले आफ्नो पदबाट समेत राजिनामा दिएका थिए ।
यौन दुर्व्यवहारमा परेकी भनिएकी ती महिलाको एक भिडियो सार्वजनिक भएपछी महराले असोज १३ गते आफ्नो पदबाट राजिनामा दिएका हुन् । यदी यौन दुर्व्यवहारको आरोप प्रमाणित भएमा महरालाई कानुन अनुसार साढे तीन वर्षदेखि पाँच वर्षसम्म कैद सजाय हुनसक्ने सम्भावना रहेकाे छ ।
बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता
१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।
काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि
मंसिर ५, काठमाडौं। राहदानी विभागले फ्रान्सेली कम्पनी ‘E Smart Identity France SAS (पूर्व आईडेमिया)’ सँग
२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि
देशमा विद्यार्थी र श्रमिक फिर्ता नीति तथा ‘डायस्पोरा नेटवर्क’ विकास गर्नुपर्छ कात्तिक , २८