October 17, 2019

तिहारमा २५ लाख मालाको माग, साढे दुई लाख आयात गर्नुपर्ने

तिहारमा २५ लाख मालाको माग, साढे दुई लाख आयात गर्नुपर्नेकाठमाडौं । फूलैफूलको पर्व तिहार नजिकिँदै छ । तिहारमा विशेषगरी सयपत्री, मखमली र गोदावारी फूलको प्रयोग हुने गरेको छ । तिहारको आगमनसँगै बजारमा फूल व्यापारको चर्चा पनि सुरु हुन थालेको छ । 

फ्लोरिकल्चभर एसोसिएसन अफ नेपाल (फ्यान) ले यो वर्षको तिहारमा सयपत्री, मखमली र गोदावारी गरेर २५ लाख मालाको माग रहेको बताएको छ । फ्यानका अध्यक्षका अनुसार हरेक वर्ष ५ प्रतिशतले फूल आयात प्रस्थिापन गर्न एसोसिएसन लागिपरेको छ । यो वर्ष २ लाख ५० हजार माला बाह्य मुलुकबाट आयात गरिने जानकारी उनले दिए । 

गत वर्षको तिहारमा २२ लाख मालाको कारोबार भएको उनले बताए । अध्यक्षका अनुसार यो वर्ष तिहारमा एउटा मालाको लागि ६० देखि एक सय रुपैयाँसम्म तिर्नुपर्ने छ । यो वर्ष तिहारमा १३ करोड भन्दा बढीको कारोबार हुने व्यवसायीहरुको अपेक्षा छ । 

करिब ४३ जिल्लामा पुष्प खेती हुने गरेको तथ्यांक छ । नेपालमा हाल १ सय ५७ हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय गरिएको र ४३ हजार ५ सय भन्दा बढी मानिस प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा पुष्प व्यवसायसँग जोडिएको तथ्यांक छ । नेपालमा दैनिक २० हजार मालाको माग छ । तिहारको समयमा सबैभन्दा बढी फूलका माला खपत हुने गरेको छ  ।

ले यो वर्ष तिहारमा सबै (मखमली, सयपत्री, गोदावारी) करिब २५ लाख मालाको माग भएको बताए । यसमध्ये १८ लाख माला सयपत्री फूलको हुने र बाँकी गोदावरी र मखमली फूलको माला हुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि