काठमाडौं । पाँच राष्ट्र सहभागी टि-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजको अन्तिम खेलमा ओमानले नेपाललाई छ विकेटले पराजित गरेको छ । नेपालले ओमानलाई दिएको ६५ रनको लक्ष्य ओमानले ११.५ ओभरमा चार विकेटको क्षतिमा पुरा गर्यो । ओमानका सुरज कुमारले ४२ रन बनाए ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ११ ओभरमा सबै विकेट गुमाउँदै ६४ रनमात्रै बनाउन सक्यो । नेपालका कुनै पनि ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न नसक्दा नेपाल झिनो रनस्कोरमा समेटिएको हो । आरिफ शेखले २० रन बनाउनुबाहेक अरु कसैले राम्रो प्रर्दशन गर्न सकेनन् ।
कप्तान पारस खड्काले पाँच रन बनाउँदै उपकप्तान दिपेन्द्रसिहं ऐरी १०, करन केसीले आठ, सोमपाल कामी आठ,विनोद भण्डारी चार,इसान पाण्डेले दुई, सन्दीप लामिछानेले दुई र अविना बोहराले दुई रन बनाए । सन्दीप जोराले खाता नै खोल्न सकेनन् ।
नेपाली इनिङ कमजोर बनाउने क्रममा ओमानका अमिर खलिमले पाँच विकेट लिए ।
भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति
चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत
अधिवक्ता: तारा निधि पन्त सरलता, आध्यात्मिकता र सामुदायिक भावनामा आधारित रहेको नेपाली संस्कृति आज
काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत
काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’