ओमानद्वारा नेपाल छ विकेटले पराजित !

काठमाडौं । पाँच राष्ट्र सहभागी टि-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजको अन्तिम खेलमा ओमानले नेपाललाई छ विकेटले पराजित गरेको छ । नेपालले ओमानलाई दिएको ६५ रनको लक्ष्य ओमानले ११.५ ओभरमा चार विकेटको क्षतिमा पुरा गर्‍यो । ओमानका सुरज कुमारले ४२ रन बनाए । 

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ११ ओभरमा सबै विकेट गुमाउँदै ६४ रनमात्रै बनाउन सक्यो । नेपालका कुनै पनि ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न नसक्दा नेपाल झिनो रनस्कोरमा समेटिएको हो । आरिफ शेखले २० रन बनाउनुबाहेक अरु कसैले राम्रो प्रर्दशन गर्न सकेनन् । 

कप्तान पारस खड्काले पाँच रन बनाउँदै उपकप्तान दिपेन्द्रसिहं ऐरी १०, करन केसीले आठ, सोमपाल कामी आठ,विनोद भण्डारी चार,इसान पाण्डेले दुई, सन्दीप लामिछानेले दुई र  अविना बोहराले दुई रन बनाए । सन्दीप जोराले खाता नै खोल्न सकेनन् । 

नेपाली इनिङ कमजोर बनाउने क्रममा ओमानका अमिर खलिमले पाँच विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आन्दोलनका मुद्दा फिर्ता र ‘पक्राउ नगर्ने’ मागमा सिंहदरबारमा तनाब

बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि