काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले बलियो प्रतिद्वन्दी अस्ट्रेलियाविरुद्ध सन्तोषजनक प्रदर्शन गरेको छ । विश्वकप फुटबल छनोटको समूह चरणको तेस्रो खेलमा नेपालले अस्ट्रेलियालाई कम गोल गर्नबाट रोकेको हो ।
अस्ट्रेलियाले नेपाली पोस्टमाथि गरेको निरन्तर प्रयास नेपाली गोलरक्षक तथा कप्तान किरण चेमजोङ तथा रक्षापंक्तिका खेलाडीले गरेका थिए । शारिरिक रुपमा सशक्त देखिने विपक्षीमाथि नेपाली टोलीको यो निकै राम्रो प्रदर्शन हो ।
फिफा विश्व वरीयतामा अस्ट्रेलिया ४४ औं स्थानमा छ । नेपाल भने अस्ट्रेलियाभन्दा १ सय १७ स्थान तल १ सय ६१ छ ।
अस्ट्रेलियाको जितमा म्याक्लारेनले ह्याट्रिक गरे । छैटौं मिनेटमा गोल गरेर अस्ट्रेलियालाई अग्रता दिलाएका उनले १९ औं तथा इन्जुरी समयमा गोल गरे । अस्ट्रेलियाका लागि साउटरले पनि २ गोल गरे । साउटरले २३ औं तथा ५९ औं मिनेटमा गोल गरेका हुन् ।
भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति
चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत
अधिवक्ता: तारा निधि पन्त सरलता, आध्यात्मिकता र सामुदायिक भावनामा आधारित रहेको नेपाली संस्कृति आज
काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत
काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’