काठमाडौं । पाँच राष्ट्र सहभागी टि–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत नेपालले तेस्रो खेलमा आज टेष्ट राष्ट्र आयरल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ । ओमान सिरिजमा लगातार दुई खेल जितेको नेपालले आयरल्याण्डको सामना गर्न लागेको हो । अल अम्रेट क्रिकेट मैदानमा नेपाल आयरल्याण्डबीचको खेल नेपाली समयअनुसार बिहान ११ः१५ बजे सुरु हुनेछ । आयरल्याण्ड नेपालभन्दा बलियो टोली मानिन्छ ।
टि–ट्वान्टी क्रिकेटमा आयरल्याण्डले बलिया टेष्ट राष्ट्रहरुलाई मात दिइसकेको भए पनि जारी सिरिजमा दुई खेलमा एकमा हार बेहोरिसकेको छ । नेपालले पहिलो खेलमा हङकङ र दोस्रो खेलमा नेदरल्याण्ड्समाथि चमत्कारिक जित निकालेको थियो । नेपाल आज तेस्रो जितको खोजीमा हुनेछ । नेपालले आज आयरल्याण्डलाई पराजित गर्न सके टेष्ट मान्यताप्राप्त राष्ट्रमाथिको पहिलो ऐतिहासिक जित हुनेछ । हालसम्म नेपालले टेष्ट राष्ट्रलाई हराउन सकेको छैन ।
टेष्ट राष्ट्रमाथि जित निकाल्दै नेपाल इतिहास बनाउन चाहन्छ । नेपालले हालसम्म टेष्ट राष्ट्रलाई हराउन सकेको छैन । तर, बलियो टिम आयरल्याण्डलाई पराजित गर्न नेपाललाई सजिलो भने हुने छैन ।
भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति
चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत
अधिवक्ता: तारा निधि पन्त सरलता, आध्यात्मिकता र सामुदायिक भावनामा आधारित रहेको नेपाली संस्कृति आज
काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत
काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’