आगामी ३ दिन सम्म देशभरको मौसम कस्तो हुनेछ ? (पूर्वानुमानसहित)

काठमाडौं, २१ असोज । मौसम पूर्वानुमान महाशाखाले आज मंगलबार विजयादशमीको दिन देशभरको मौसम आंशिकदेखि सामान्य बदली हुन सक्ने जनाएको छ ।

महाशाखाका अनुसार अहिले पश्चिम बंगालको उत्तरतर्फ रहेको न्यून चापीय क्षेत्रका कारण पूर्वी र मध्य भू-भागमा साथै पश्चिमी वायुको प्रभावका कारणले नेपालको पश्चिमी भूभागमा आंशिकदेखी सामान्य बदली हुने र हल्कादेखि मध्यम वर्षाको सम्भावन रहेको छ ।

मंगलवार दिउँसो देशभरी नै आंशिकदेखि सामान्य बदली हुने र मध्य र पूर्वका केही स्थान तथा पश्चिम पहाडी भेगका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

मंगलवार राती पनि मध्य तथा पूर्वी क्षेत्रका केही स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार आगामी ३ दिनको मौसम खबर यस्तो छ :

मौसम विश्लेषणMeteorological Analysis):

पश्चिम बंगालको उत्तर तर्फ रहेको न्यून चापीय क्षेत्रका कारण पूर्वी र मध्य भू-भागमा साथै पश्चिमी वायुका प्रभावका कारणले नेपालको पश्चिमी भू-भागमा आंशिकदेखी सामान्य बदली भई हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।

देशभर समग्र मौसमको अवस्था )Present Weather Status):

हाल देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको छ।

असोज २१ गते (मंगलवार) शुभ विजया दशमीको दिन

दिउँसो: देशभरि आंसिकदेखि सामान्य बदली रही मध्य र पूर्वका थोरै स्थानहरुमा र पश्चिम पहाडी भेगका एक -दुई स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ।

राति:  देशभर आंशिकदेखि सामान्य बदली रही मध्य र पूर्वका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ |

असोज २२ गते (बुधवार) 

दिउँसो: देशभर आंशिकदेखि सामान्य बदली रही मध्य र पूर्वका केही स्थानहरुमा र पश्चिमका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

राति:  देशभर आंशिक देखि सामान्य बदली रही मध्य र पूर्वका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ |

असोज २३ गते (बिहिबार) 

दिउँसो: देशभर आंशिकदेखि सामान्य बदली रही मध्य र पूर्वका थोरै स्थानहरुमा र पश्चिम पहाडी भेगका एक -दुइ स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

राति:  देशभर आंशिकदेखि सामान्य बदली रही मध्य र पूर्वका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ |

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs.):

देशभर आंशिकदेखि सामान्य बदली रही मध्य तथा पूर्वी भू-भागका थोरै स्थानहरुमा र पश्चिमी भू-भागका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा हुने संभावना भएकोले सामान्य सतर्कता अपनाउनुहोला।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल