काठमाडौं, २१ असोज । मौसम पूर्वानुमान महाशाखाले आज मंगलबार विजयादशमीको दिन देशभरको मौसम आंशिकदेखि सामान्य बदली हुन सक्ने जनाएको छ ।
महाशाखाका अनुसार अहिले पश्चिम बंगालको उत्तरतर्फ रहेको न्यून चापीय क्षेत्रका कारण पूर्वी र मध्य भू-भागमा साथै पश्चिमी वायुको प्रभावका कारणले नेपालको पश्चिमी भूभागमा आंशिकदेखी सामान्य बदली हुने र हल्कादेखि मध्यम वर्षाको सम्भावन रहेको छ ।
मंगलवार दिउँसो देशभरी नै आंशिकदेखि सामान्य बदली हुने र मध्य र पूर्वका केही स्थान तथा पश्चिम पहाडी भेगका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
मंगलवार राती पनि मध्य तथा पूर्वी क्षेत्रका केही स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ ।
महाशाखाका अनुसार आगामी ३ दिनको मौसम खबर यस्तो छ :
मौसम विश्लेषण) Meteorological Analysis):
पश्चिम बंगालको उत्तर तर्फ रहेको न्यून चापीय क्षेत्रका कारण पूर्वी र मध्य भू-भागमा साथै पश्चिमी वायुका प्रभावका कारणले नेपालको पश्चिमी भू-भागमा आंशिकदेखी सामान्य बदली भई हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।
देशभर समग्र मौसमको अवस्था )Present Weather Status):
हाल देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको छ।
असोज २१ गते (मंगलवार) शुभ विजया दशमीको दिन
दिउँसो: देशभरि आंसिकदेखि सामान्य बदली रही मध्य र पूर्वका थोरै स्थानहरुमा र पश्चिम पहाडी भेगका एक -दुई स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ।
राति: देशभर आंशिकदेखि सामान्य बदली रही मध्य र पूर्वका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ |
असोज २२ गते (बुधवार)
दिउँसो: देशभर आंशिकदेखि सामान्य बदली रही मध्य र पूर्वका केही स्थानहरुमा र पश्चिमका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
राति: देशभर आंशिक देखि सामान्य बदली रही मध्य र पूर्वका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ |
असोज २३ गते (बिहिबार)
दिउँसो: देशभर आंशिकदेखि सामान्य बदली रही मध्य र पूर्वका थोरै स्थानहरुमा र पश्चिम पहाडी भेगका एक -दुइ स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
राति: देशभर आंशिकदेखि सामान्य बदली रही मध्य र पूर्वका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ |
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs.):–
देशभर आंशिकदेखि सामान्य बदली रही मध्य तथा पूर्वी भू-भागका थोरै स्थानहरुमा र पश्चिमी भू-भागका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा हुने संभावना भएकोले सामान्य सतर्कता अपनाउनुहोला।
माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र
काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत
माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०
माघ २,काठमाडौं । दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना
पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा
पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष