काठमाडौं । ओमानमा जारी टि–ट्वान्टी क्रिकेटमा हङकङविरुद्ध नेपाल ५ विकेटले विजयी भएको छ । हङकङले दिएको १२६ रनको लक्ष्य नेपालले १९ ओभरको समाप्तीमा ६ विकेटको क्षतिमा पूरा गरेको हो ।
नेपालका लागि ओपनिङ गर्न आएका कप्तान पारस खड्का पहिलो बलमै आउट भएका थिए । कमजोर सुरुवात गरेको नेपाली इनिङ आरिफ सेख र विनोद भण्डारीले सम्हालेका थिए । आरिफले २४ रन बनाए । नेपालको जितमा करन केसी र विनोद भण्डारीको प्रदर्शन उत्कृष्ट रह्यो । विनोदले ४८ बलमा अविजित ५८ रनको इनिङ खेले । विनोदले चार चौका र तीन छक्का प्रहार गरे । सोमपाल कामीले १३ रन बनाए ।
टस जितेर नेपालले हङकङलाई पहिले ब्याटिङको निम्तो दिएको थियो । निर्धारित २० ओभरमा हङकङले ६ विकेट गुमाउँदै १२५ रन बनायो । नेपालका लागि करन केसीले उत्कृष्ट बलिङ गरे । उनले हङकङका सुरुवाती तीन विकेट एकै ओभरमा लिएका थिए । करनले ४ ओभर बलिङ गर्दै ३६ रन खर्चिएर ४ विकेट हात पारे ।
ओमानले आयोजना गरेको सिरिजमा नेपाल, ओमान, हङकङ, नेदरल्याण्ड र टेष्ट राष्ट्र आयरल्याण्ड रहेका छन् । सुरुवाती दुई खेलमा दुवैमा जित निकाल्दै ओमान अंक तालिकाको शीर्ष स्थानमा छ । नेपालले अर्को खेल भोली (सोमबार) नेदरल्याण्डसँग खेल्नेछ ।
मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी
मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री
१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।
काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार
काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि
२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि