बगदाद । संयुक्त राष्ट्र संघले इराकमा सरकारविरुद्ध भएको प्रदर्शनका क्रममा करिब १०० जनाको मृत्यु भएपछि यसरी अविवेकी हिसाबले जीवन गुमाउने अवस्थाको अन्त्य गर्न आग्रह गरेको छ ।
प्रदर्शनकारीले आफूले बेरोजगारी, कमजोर सार्वजनिक सेवा र भ्रष्टाचारको विरुद्धमा आन्दोलन गरेको जनाउँदै आएका छन् । इराकका लागि संयुक्त राष्ट्र संघको सहयोगी मिसनका प्रमुख जीनिन् हेन्नीज प्लास्चाएर्टले मानिसको ज्यान जाने अवस्था ल्याउनका लागि जिम्बेवारलाई कानुनी कारवाही हुनुपर्ने जनाएकी छन् ।
५ दिन यताको मृत्यु र घाइतेको अवस्थामा चिन्ता व्यक्त गर्दै यसलाई तत्काल रोक्नुपर्ने राष्ट्र संघका प्रतिनिधिले बताएकी छन् । शनिबार सुरक्षा बलले पूर्वी बगदादको एउटा प्रदर्शनमा हस्तक्षेप गरेको थियो ।
राजधानीमा पछिल्लो पटक भएको प्रदर्शनमा ५ जनाको मृत्यु भएको थियो । इराकको मानवअधिकार सम्बन्धी संसदीय समितिले कम्तिमा ९९ जना मानिसको मृत्यु भएको र झण्डै ४ हजार घाइते भएको जनाएको छ । – (बीबीसी)
भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति
चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत
काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले