October 6, 2019

इराकमा एक सयको मृत्यु, ४ हजार घाइते !

Image result for iraq warबगदाद । संयुक्त राष्ट्र संघले इराकमा सरकारविरुद्ध भएको प्रदर्शनका क्रममा करिब १०० जनाको मृत्यु भएपछि यसरी  अविवेकी हिसाबले जीवन गुमाउने अवस्थाको अन्त्य गर्न आग्रह गरेको छ । 

प्रदर्शनकारीले आफूले बेरोजगारी, कमजोर सार्वजनिक सेवा र भ्रष्टाचारको विरुद्धमा आन्दोलन गरेको जनाउँदै आएका छन् । इराकका लागि संयुक्त राष्ट्र संघको सहयोगी मिसनका प्रमुख जीनिन् हेन्नीज प्लास्चाएर्टले मानिसको ज्यान जाने अवस्था ल्याउनका लागि जिम्बेवारलाई कानुनी कारवाही हुनुपर्ने जनाएकी छन् ।

५ दिन यताको मृत्यु र घाइतेको अवस्थामा चिन्ता व्यक्त गर्दै यसलाई तत्काल रोक्नुपर्ने राष्ट्र संघका प्रतिनिधिले बताएकी छन् । शनिबार सुरक्षा बलले पूर्वी बगदादको एउटा प्रदर्शनमा हस्तक्षेप गरेको थियो ।

राजधानीमा पछिल्लो पटक भएको प्रदर्शनमा ५ जनाको मृत्यु भएको थियो । इराकको मानवअधिकार सम्बन्धी संसदीय समितिले कम्तिमा ९९ जना मानिसको मृत्यु भएको र झण्डै ४ हजार घाइते भएको जनाएको छ । – (बीबीसी)

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि